Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०६ बिहान
- ADVERTISEMENT -

विशेष सुरक्षा योजना तयार

प्रकाशित मिति: २०७६ असोज ६, सोमबार

851
Shares

काठमाडौँ, असोज ६ गते । नेपालीहरूको महानचाड दसँै, तिहार, नेपाल संवत् र छठको शान्ति सुरक्षाका लागि काठमाडौँ उपत्यकालाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ ।

चाडवाडको बेला घरकोठाको झ्याल–ढोका बलियो पारि बाहिर निष्कँदा सुरक्षित हुन्छ भन्ने सन्देश फैलाउँदै आएको प्रहरीले यस पटक भने पुरानो सन्देशमा परिवर्तन ल्याएको छ । महानगरीय प्रहरीले अब झ्यालढोका बलियो गरी लगाएर मात्र हँुदैन नजिकको प्रहरी तथा विश्वासिलो छरछिमेकीलाई समेत साक्षी राखेर बाहिर निष्कन आग्रह गरेको छ । कोही नभएको घरकोठामा चोरी बढेपछि यस्तो सन्देश दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले भन्नुभयो, ‘‘चोरी, डकैती र लुटपाटका घटनामा परिवर्तन आएकाले यस्तो सन्देश बाँडेका हौंँ ।’’ शङ्का लागेमा नजिकको प्रहरी तथा १०० मा फोन गर्नुहोला ।

सो योजना अनुसार, अपराध नियन्त्रण गर्नेदेखि ट्राफिक व्यवस्थापनसम्म रहेका छन् । उपत्यकाका तीनवटै प्रहरी परिसरहरू काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सुरक्षाकर्मीहरू गरी करिब १० हजार प्रहरी परिचालन हुने छन् । अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार, चाडवाडमा नगदका अतिरिक्त गरगहना तथा सवारी साधन चोरी अपराधका घटना बढी हुने भएकाले यसको नियन्त्रणका लागि छुट्टै तर विशेष किसिमको सुरक्षा रणनीति अपनाइएकोे छ ।

काठमाडौँवासीको शान्ति सुरक्षाका लागि जिल्लालाई १४ भागमा विभाजन गरी ६० वटा पैदल गस्ती, ६७ वटा स्थायी र ५७ वटा अस्थायी पिकेट (केन्द्र ) स्थान छनोट गरेको छ । सहरका गल्लीसम्म प्रहरीको पहुँच बढाउन ३५ वटा हतियार सहितको साइकल गस्ती र ८३ वटा मोटरसाइकल गस्ती छुट्याइएको छ । त्यस्तै, आपराधिक गतिविधिका विषयमा सूचना सङ्कलन गर्न ७० जना सादा पोसाकको सूचना सङ्कलन टोली परिचालन गर्ने, ४६ वटा सीआरभी सवारीसहितको गस्ती र ४८ वटा मोटरसाइकल गस्ती खटाइने छ ।

प्रत्येक गस्ती टोलीमा हतियार र सञ्चार सेटसहितको प्रहरी हुने छन् । चाडवाडमा किनमेल हुने मुख्य व्यापारिक केन्द्र, सर्वसाधारणको बाक्लो भीड लाग्ने स्थानहरूमा सिल एन्डे सर्च (अपराधी पत्ता लगाउन प्रयोग गरिने कारबाही) र कर्डन एन्ड सर्च ३०–३० गरी ६० स्थानमा हुने जनाइएको छ । प्रहरीका तालिम प्राप्त कुकुरबाट चेकजाँच, ३० स्थानमा उच्च सुरक्षा निगरानी, कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क रत्नपार्क, नयाँ बसपार्क गोंगबु, गौशला, तिलगङ्गा, चावहिल, कोटेश्वर, बालाजु चोक, माछापोखरी र जोरपाटी गरी १४ स्थानबाट सार्वजनिक यातायाको टिकट बिक्री वितरणको व्यवस्था गरिएको छ ।

ती स्थानमा सर्वसाधारण यात्रुको सुविधाका लागि प्रहरीले माइकिङ सेवासहितको सूचना तथा सहयोग डेस्क स्थापना गरेको छ । सर्वसाधारणको सहजता तथा यातायात सेवाका लागि यस्ता डेस्कहरू स्थापना गरिएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -