कास्की, ४ असोज २०७६ । संविधान दिवस तथा राष्ट्रिय दिवस आज विशेष कार्यक्रमहरु गरी मनाइएको छ ।
नेपालको संविधान जारी भएको दिनलाई विशेषरुपमा सम्झना गर्न प्रत्येक बर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको भएको थियो । त्यहि अनुरुप नेपाल बिद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौर कास्कीले पनि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
दिप प्रज्वलन कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि सरस्वती गुरुङ्गले संविधान निर्माण भए पछि पनि देश परिवर्तनको मार्गमा जान नसेकेको संविधानमा लेखिएको कुरा अहिले पुरा हुदेै नगएको प्रति दुख व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा बिशिष्ट अतिथि प्राध्यापक दिलिप झा ले ने बि संघ पुरन्चौरले देशको पर्व संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित हुन पाएको मा आयोजकप्रति धन्यवाद ज्ञापन गर्नु हुदै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस युनियन कास्की अध्यक्ष नविन सिग्देल , पश्चिमाञ्चल इन्जिनियरिङ कलेज ने वि संघ निवर्तमान सभापति आषुसमान अधिकारी, सभापति गोकुल न्यौपाने , ने वि संघ नेता राजिव बास्तोला , फोस्् अध्यक्ष दिक्षा सुवेदी लगायत अतिथिको उपस्थिति रहेको थियो ।
कार्यक्रम सचिव शिशिर रेग्मीले सन्चालन गर्नु भएको नेपाल बिद्यार्थी संघ पुरन्चौर सभापति सुमन बिमलीले जानकारी दिनुभयो।








































