गोरखा, २ असोज २०७६ । संबिधान दिवसको अवसरमा लियो गोर्खाको खुल्ला दौड प्रतियोगिताको आयोजना गरिने भएको छ ।
जिल्लामा सक्रिय अन्तरास्ट्रिय सस्था लियो क्लब अफ गोरखाले अघिल्लो वर्षा जस्तै यस वर्षपनि संबिधान दिवसको अवसरमा खुल्ल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही असोज ३ गते बिहान ६:३० बजे लियो प्रतिक्षालय लक्ष्मीबजार देखि गोरखा पुरानो बसपार्क सम्म ४ किलो मिटरको दौड हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु हुने प्रतियोगीलाई नगर ५ हजार सहित प्रमाण पत्र मेडल, द्रितिय स्थान हासिल गर्नु हुने प्रतियोगीलाई ३ हजार नगद सहित प्रमाण पत्र र मेडल र तृतीय स्थान हासिल गर्नु हुने प्रतियोगीलाई १५ सय नगद सहित मेडल र प्रमाण पत्र दिइने क्लबका सचिव बर्षा ढकालले जानकारी दिनुभयो ।









































