Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:०१ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने

प्रकाशित मिति: २०७६ असोज १, बुधबार

601
Shares

काठमाडौं, १ असोज २०७६ । यसपटकको चाडबाड हिले हुने सम्भावना बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गर्दै आएको पूर्वानुमानले यसपटकको बडादशैं हिले हुन सक्ने देखिएको हो ।

महाशाखाले बिहीबारदेखि मौसममा सुधार आउने जनाए पनि बुधबार बिहान सार्वजनिक गरेको बुलेटिनले शुक्रबार पनि वर्षा हुने देखाएको छ । बुधबार जुन पूर्वानुमान गरिएको छ त्यही पूर्वानुमान शुक्रबारको दिनलाई पनि गरिएको छ ।

बुधबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

केही स्थानमा भारी वर्षा भएको छ । काठमाडौंमा दिनभर नै वर्षा हुनेछ । मध्य र पश्चिम तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु वासीले बताइन् ।

काठमाडौंमा मंगलबारदेखि बुधबार बिहानसम्म २३.४ मिलिमिटर वर्षा भएको छ । बुधबार काठमाडौं उपत्यकामा घाम देख्न पाइने सम्भावना नरहेको मौसमविद् वासीले बताइन् ।

बिहानको तापक्रम १९ डिग्री सेल्सियसमात्र रहेको छ । त्यस्तै हल्का हावा पनि चलिरहेकाले चिसो बढेको छ ।

महाशाखाले देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने साथै देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा नदीहरुमा पानीको वहाब बढ्न सक्ने भएकाले सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार अरनिको राजमार्गमा पहिरो गएकाले एकतर्फी सवारी सन्चालन भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ । पूर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको छ ।

त्यस्तै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रहेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -