साउदी अरब, ओम पाण्डे, ३० भाद्र २०७६ । पुर्ब मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईका नेपाली रहेको साउदी अरबको यस अल्मराई कम्पनीको CPP मा कार्यरत लगभग १६०० सय नेपालीको समूहबाट, डिपो र फार्म को सहित गरि विभिन्न १३ उत्कृस्ट टिम खडा गरि सभ्य र भब्यताका साथ नेपालीको पहिचान, गरिमा र एकता देखाउदै नेपालको एक प्रख्यात खेल भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

१२ घण्टाको ड्युटी सकेर थकाइले लखतरान भएर आउदा नि निकै जोश र जाँगरका साथ खेलाडीहरुले आफ्नो पर्दशन देखाई रहँदा थोरै भए पनि परिवार र देश छोड्नुको पिडामा मल्हम लगाइ दिएका छन् ।
नेपाली कमिटिको प्रयासमा मेनेजमेन्टको स्वीकृति लिएर खेलाइएको खेलमा आ आफ्नो प्रतिस्पर्धिलाई पछि पार्दै युनिक गोर्खाली तोदिया फर्म र अल्मराईको बेकरी फाइनलमा भिडेका थिए ।

नेपालको राष्ट्रिय गीत बजाएर खेल औपचारिक रुपमा शुरु गरिएको थियो । प्रतिस्पर्धात्मक खेलमा युनिक गोर्खाली टिमले २५ /२३ , २६ /२४ र २५ /13 को सोझो सेटमा जित हासिल गरि नबौ अल्मराई खुल्ला भलिबल प्रतियोगिताको शिल्ड हात पार्न सफल भएको छ । खेल निकै नै उत्साह जनक र प्रतिस्पर्धात्मक तबरले भएको थियो।









































