Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:०३ बिहान
- ADVERTISEMENT -

कांग्रेसले बाँके घटनामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र

प्रकाशित मिति: २०७६ भदौ २९, आइतबार

612
Shares

काठमाडौं, २९ भाद्र २०७६ । नेपाली कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिहरूले बाँके घटनामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

कांग्रेस काठमाडौं सबुज बानियाँ, भक्तपुर सभापति दुर्लभ थापा र ललितपुरका सभापति मदन अमात्यले संयुक्त रूपमा शनिबार गृहमन्त्रालय पुगी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई बिथोल्ने बदनियतका साथ सरकारको आडमा सुनियोजित रूपमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरूलाई आक्रमण गर्ने अपराधीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछांै,’ ज्ञापनपत्रमा उल्लेख भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाइसकिएको र दोषीलाई कारबाही गरेरै छाड्ने बताए । ‘नहुनुपर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ,’ गृहमन्त्री थापाले कांग्रेस जिल्ला सभापतिहरूलाई प्रतिबद्धता जनाउँदै भने । गृहमन्त्री थापाले घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडै नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाएको काठमाडौं सभापति बानियाँले जानकारी दिए ।

दोस्रो चरणको जागरण अभियानअन्तर्गत गत २६ भदौमा बाँकेको सीतापुरमा भएको नेकपा कार्यकर्ताहरूको आक्रमणमा बाँके जिल्ला सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए । कोइरालाको हात भाँचिएपछि उनका छोराले बाँकेको खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ल लगायतविरुद्ध किटानी जाहेरी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -