काठमाडौं, २७ भाद्र २०७६ । तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबसँगै गण्डकी प्रदेश प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मी, पुलिस र गण्डकीले घरेलु भलिबल प्रतियोगिताको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको एक खेल अगावै अन्तिम चारको यात्रा तय गर्दा एपीएफले समूह ‘ए’बाट सेमिफाइनलमा पुग्न सफल भएको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बिहीबार भएको समूहको अन्तिम खेलमा एपीएफले जावलाखेललाई २५–१९, २५–२२ र २५–२३ को सोझो सेटमा हरायो । आर्मीसँग पराजित भएको एपीएफले समूह ‘ए’ मा ३ खेलबाट ६ अंक जोड्यो । अपराजित आर्मीको २ खेलबाट ६ अंक छ । ढोरपाटनको ३ तथा जावलाखेल अंकविहीन छ । शुक्रबार हुने समूहको अन्तिम खेलमा ढोरपाटनलाई पराजित गरे आर्मी समूह ‘ए’ को विजेता तथा एपीएफ उपविजेता बन्नेछ । बिहीबार आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३, २५–११ र २५–२१ को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै अन्तिम चारको यात्रा तय ग¥यो ।
गण्डकीले बिहीबार दोहोरो सफलता हात पार्दै अन्तिम चारका पुग्न सफल भयो । पहिलो खेलमा गण्डकी प्रदेशले आयोजक प्रगगिशिल युवा नेपाललाई २५–१८, २५–१३ र २५–२३ ले पराजित ग¥यो । बुधबार वर्षाले प्रभावित बनेको खेल बिहीबार हुँदा गण्डकीले गल्कोटमाथि ३–१ को सेटमा जित हात पा¥यो । पहिलो सेट १५–२५ ले गुमाएको गण्डकीले त्यसपछि लय समात्दै २५–२३, २५–२३ र २५–१९ को जित निकाल्यो । पुलिसले गल्कोट स्पोटर््स क्लब जापान टोकियो क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले गल्कोटमाथि २५–१८, २५–१९ र २५–१५ को सहज जित निकाल्यो । अब शुक्रबार पुलिस र गण्डकीबीचको खेलले नै समूह ‘बी’ को विजेता र उपविजेता टुङ्गो लगउनेछ । प्रतियोगितामा शुक्रबार समूह चरणका ३ खेल हुनेछ । शुक्रबार आर्मी र ढोरपाटन, प्रगतिशील र गल्कोट तथा पुलिस र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।









































