Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:१२ बिहान
- ADVERTISEMENT -

लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन दौड सम्पन्न

प्रकाशित मिति: २०७६ भदौ २६, बिहीबार

1151
Shares

गोरखा, २६ भाद्र २०७६ ।लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन दौड २०७६ गोरखाका भिमबहादुर गुरुङ्गले जित्न सफल हुनु भएको छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र गोरखामा रहेको नेपाली सेनाको रणसिंह दल गणले आयोजना गरेको मिलेर दौड सञ्चालन गरिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० का साथै जिल्ला भित्रको ऐतिहासिक र धार्मिक पर्यटकीय स्थलको प्रचार प्रसारका लागि भएको दौडमा गोरखा आरुघाट गाउँपालिका थुमीका गुरुङ्ग प्रथम हुन सपल भएको हो ।

ऐतिहासिक लिगलिगकोटदेखि आँपपिपल, हर्मी, थुम्की, चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेवेटार, मान्द्रे ढुङ्गा, हिलेपोखरी, पस्लाङ्ग, ठुलो आँगन, सतिपिपल, गैरीकुवा हुदै गोरखा दरर्बार सम्मको ४२ किलो मिटर दौड गरिएको थियो ।

त्यसैगरी, रुकुमका दुर्गा बुढा दोस्रो हुन सफल हुनु भएको हो । त्यस्तै गरी नेपाली सेनाको राजबहादुर गणका सबिन तामाङ्ग तेस्रो हुन सफल हुनु भएको थियो भने तनहुका सुरेन्द्र चापागाई चौथो हुन सफल हुनु भएको थियो ।

प्रथम हुने गुृरुङ्गले निधारीत दुरी ३ घण्टा १७ः०३ मिनेटमा पारेका थिए भने दोस्रो हुने बुढाले ३ घण्टा १७ः४५ मिनेटमा दुरी पार गर्नु भएको थियो ।

द्रव्य शाहले राज्याभिषेक गरेको वि।सं। १६१६ साल भदौ २५ गतेको सम्झनामा दौडको आयोजना गरीएको हो । गोरखा राज्य स्थापना भएको सम्झनामा ‘उत्पतिदेखि जगसम्म’ भन्ने नाराका साथ बुधबार बिहान १ सय १४ जना धावकले दौडमा सहभागीता जनाउनु भएको थियो ।

दौडमा पहिलो गुरुङ्गलाई १ लाख ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरीएको छ । त्यस्तै गरी दोस्रो हुने बुढालाई १ लाख नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो । त्यस्तै गरी दौडमा तेस्रो र चौथो हुने तामाङ्ग र चापागाई लाई क्रमश।७५ हजार र ५० हजार नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।

दौडमा सहभागी भएर १० औं स्थान सम्म हुनेलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -