Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१७:२७ बिहान
- ADVERTISEMENT -

स्वास्थ्यका दृष्टिकोणमा सबैभन्दा सुरक्षित जापानको ओसाका

प्रकाशित मिति: २०७६ भदौ १४, शनिबार

657
Shares
जापान, १४ भाद्र २०७६ । स्वास्थ्यका दृष्टिकोणमा सबैभन्दा सुरक्षित सहरको सूचीको शीर्ष स्थानमा जापानको ओसाका परेको छ। बेलायती आर्थिक म्याग्जिन द इकोनोमिस्टको इन्टेलिजेन्स युनिटले गत बिहीबार सार्वजनिक गरेको ‘द सेफ सिटिज इन्डेक्स २०१९’ ले ६० सहरको अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनले स्वास्थ्य सेवाका आधारमा ओसाकालाई शीर्ष स्थानमा राखेको हो ।
 
यसपछि सोही सूचकका आधारमा जापानकै राजधानी दोस्रो नम्बरमा परेको छ भने दक्षिण कोरियाको राजधानी सोल तेस्रो नम्बरमा परेको छ ।
 
‘सुरक्षित सहर मापन गर्ने सूचक स्वास्थ्य सेवाका उपसूचकहरू स्वास्थ्य सेवामा पहुँच र गुणस्तर, स्वस्थ खाना, सफा पानी र स्वच्छ हावा तथा आपत्कालीन उद्धार तथा राहत क्षमताका आधारमा यी सहर उत्कृष्ट भएका हुन्,’ रिपोर्टमा भनिएको छ, ‘कतिपय उपसूचकमा त यी सहरले पूर्ण अंक प्राप्त गरेका छन्।’
 
पहिलो नम्बरमा परेको ओसाकाले स्वास्थ्य सेवा सूचकमा ८८ दशमलव ५ अंक प्राप्त गरेको छ। टोकियोले भने ८७ दशमलव ५ अंक प्राप्त गरेको छ भने सोलले ८५ दशमलव २ अंक प्राप्त गरेको छ ।
 
इकोनोमिस्टको सो युनिटले सहरी पूर्वाधार, डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षालगायतका विभिन्न ५७ सूचकका आधारमा ६० सहरको अध्ययन गरेको थियो ।
 
यी सबै सूचकका आधारमा समग्रमा भने शीर्ष स्थानमा भने जापानको राजधानी टोकियो परेको छ। टोकियो विगत ३ वर्षयता लगातार सो सूचीको शीर्ष स्थानमा रहँदै आएको छ। सिंगापुर विश्वकै दोस्रो सहरमा परेको छ भने जापानकै अर्को शहर ओसाका तेस्रो सुरक्षित सहर बनेको छ ।
 
यसैगरी, सो सूचीको चौथो नम्बरमा नेदरल्यान्डको आम्सटर्डम परेको छ। पाँचौं स्थानमा रहेको अस्ट्रेलियाको सिड्नाई क्यानडाको टोरोन्टोले पछ्याएको छ । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाको राजधानी वासिंटन डिसी भने सातौं नम्बरमा परेको छ। आठौंमा सोल, नवौंमा डेनमार्कको कोपनहेगन र दशौं स्थानमा अस्ट्रेलियाकै मेलबर्न परेका छन् ।
 
सन् २०१७ मा नवौं स्थानमा रहेको हङकङ भने यस वर्ष २०औं स्थानमा झरेको छ । विगत लामो समयदेखिको राजनीतिक प्रदर्शनले हङकङको स्कोरमा व्यापक गिरावट आएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -