Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१०:४६:०७ राति
- ADVERTISEMENT -

सुरक्षामा चितवन प्रशासनको कडाई, चार किल्ला भित्र ५ जना बढी व्यक्ति एकै ठाउँमा भेला हुन् नपाइने

प्रकाशित मिति: २०७६ भदौ ९, सोमबार

1066
Shares

चितवन, ९ भाद्र २०७६ । जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाई गरेको छ। शान्ति सुरक्षालाई ध्यानमा राख्दै सोमबारदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ ।

सोमबार बिहान ६ बजेदेखी अर्को आदेश नआँदासम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरिएको हो ।

आइतबार राती बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

निषेधित किल्लाको रुपमा पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजश्यक कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालको चोकदेखि चौबीस कोठीसम्म, उत्तरमा आन्तरिक राजश्यक कार्यालयको चोकदेखि पुरानो मेडिकल कलेज जाने चोकसम्म र दक्षिणमा बाइपासतर्फको घरेलु कार्यालयको चोकदेखि सप्तगण्डकी अस्पताल चोकसम्मलाई तोकिएको छ । आजमात्रै रवि समर्थक र प्रहरीबीच झडप हुँदा दुबै तर्फका गरी एक दर्जनबढी घाइते भएका थिए ।

सुरक्षा व्यवस्थामा चुनौति देखिन थालेपछि नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो आदेश गरिएको प्रमूख जिल्ला अधिकारी बस्नेतले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -