Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:१६ बिहान
- ADVERTISEMENT -

पाकिस्तान र नेपालको कूटनीतिक सम्बन्ध ५९ वर्ष पूरा : राजदूत जावेद

प्रकाशित मिति: २०७६ साउन ३०, बिहीबार

1012
Shares

काठमाडौं, ३० साउन २०७६ । पाकिस्तानको ७२औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले राजधानीमा एक स्वागत समारोह आयोजना गऱ्यो ।

पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समस्यारहित नेपाल–पाकिस्तान सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगको सराहना गरे ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कठिन परिस्थितिमा पनि पाकिस्तानले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै दुवै देशले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), असंलग्न आन्दोलन (नाम) र संयुक्त राष्ट्रसङ्घमा साझेदारी एवं सहकार्य गरिरहेको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इस्लामावाद र काठमाडौँ महानगरबीच भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । पूर्वमन्त्री सिपी मैनालीले नेपाल–पाकिस्तान सम्बन्धलाई सार्कका माध्यमबाट अझ सुदृढ तुल्याउन मद्दत मिलेको भए पनि सार्कलाई गति दिन नसक्दा दक्षिण एशियाको प्रगतिमा आशातित सफलता हासिल नभएको विचार व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको तक्षशिला र नेपालको लुम्बिनीको समानताले दुई देशबीच हजारौँ वर्ष पुरानो सम्बन्ध रहेको तर कूटनीतिक सम्बन्ध भने भर्खर ५९ वर्ष पुगेको बताए ।

सङ्घका अध्यक्ष हिमालय शम्शेर जबरा र महासचिव मञ्जुरत्न शाक्यले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए । पाकिस्तानी दूतावासमा आयोजित एक समारोहमा उक्त देशको राष्ट्रिय झण्डा राजदूत जाबेदले फहराएका थिए । सोही समारोहमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएको थियो ।

1

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -