एजेन्सी, २५ साउन २०७६ । चीनमा शक्तिशाली समुद्रीक आँधी आएको छ । आँधीको कारण नै कम्तिमा १३ जनाको मृत्यु भएको भने १६ भन्दा बढि हराईरहेका छन् ।
सांघाई र ताइवानबीचको वेन्लिङमा आँधीपछि ठुला ठुला पहिरो समेत गएको अधिकारीलाई उद्धत गर्दै अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । आँधीकै कारण सो क्षेत्रबाट १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान प्रशसानले अपिल गरिएको छ ।
लेखिमा नामक आँधीको कारण हजारौँ उडान रद्ध भएका छन् भने विद्युत आपूर्ति पनि बन्द भएका छन् ।
साथै, आँधीकै कारण रेल सेवा पनि बन्द भएको छ । उक्त आँधी बिस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको शांघाईमा समेत असर पु¥याउँन सक्ने अनुमान गरिएको छ । सो आँधीकै कारण १० लाख भन्दा बढि मानिसहरु विस्थापित भएका छन् ।








































