Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:४३ बिहान
- ADVERTISEMENT -

सिंहदरबारभित्रैबाट राजामहाराजाले उतिवेला प्रयोग गरेका वन्यजन्तुका कतिपय अंग (अखेटोपहार) गायब

प्रकाशित मिति: २०७६ साउन २४, शुक्रबार

926
Shares

काठमाडौँ, २४ साउन २०७६ । राजामहाराजाले उतिवेला प्रयोग गरेका वन्यजन्तुका कतिपय अंग (अखेटोपहार) सिंहदरबारभित्रैबाट गायब भएका छन् । केही कुहिएर कामै नलाग्ने भएका छन् । बिहीबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको टोलीले अध्ययन गर्दा गैँडाको खाग, बाह्रसिंगेको सिङ, बाघका जुँगा नभेटिएका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई नेतृत्वको ३५ जनाको टोलीले राजामहाराजाले प्रयोग गरेको अखेटोपहारबारे केही दिनयता अध्ययन गरिरहेको छ । नारायणहिटी दरबारबाट यो अध्ययन सुरु भएको थियो । समितिले नारायणहिटी फारसखानामा रहेको अखेटोपहारको व्यवस्थापन गर्‍यो । त्यहाँ पनि हात्तीका छाला, गैँडाको टाउको, बाघको छाला, गोहीको टाउकोलगायत धेरै जीवजन्तुका हाडखोर छन् । समितिले काम लाग्ने र नलाग्ने अखेटोपहार छुट्याएको थियो । धेरै काम नलाग्ने गरी बिग्रिएको भट्टराईले बताए ।

सिंहदरबार ग्यालरी बैठकको भुइँतलामा वन्यजन्तुको अंगप्रत्यंग फिँजाइएको छ । त्यहाँ गैँडा, बाह्रसिंगेको टाउको छ । बाघको छालाले मोहोरेर बाघकै आकार दिइएको बुख्याचा छ । डाँफे चराका अंग प्रयोग गरेर डाँफेकै स्वरूप बनाइएको छ । यस्ता अन्य थुप्रै मृत जनावरका अंग छन् ।

तर, बाघका दाँत र नंग्रा भेटिएनन् । जुँगा उखेलिएका छन् । बाह्रसिंगेको सिङ काटेर लगिएको छ । गैँडाको टाउको भए पनि खाग छैन । कतिपय जनावरको छालासमेत काटेर लगिएको देखिन्छ । धेरै अंग कुहिएका छन् । कुनै वेला ग्यालरी बैठक सजाउन प्रयोग गरिएका जीवजनावरका अंग समाप्त हुँदै छन् । महँगो मूल्यमा बिक्ने भएकाले पनि जीवजन्तुको अगंप्रत्यंग चोरी–सिकारी हुने गरेको छ ।

त्यस्तै, राजामहाराजाले प्रयोग गरेका फर्निचर पनि यत्रतत्र फालिएका छन् । ठुल्ठूला पेन्टिङ च्यातिएका छन्, भुइँमा धुलाम्मे भएर बसेका छन्, ऐनाहरू फुटेका छन्, कार्पेट मिल्किएका छन्, हार्मोनियम अलपत्र छ, भवनभित्रै झार पलाएको छ । चन्द्रशमशेर राणाले विभिन्न सामग्री बेलायतबाट झिकाएर सिंहदरबारस्थित सो भवन निर्माण गरी सजाएका थिए ।

भट्टराई नेतृत्वमा रहने गरी विभिन्न मन्त्रालय र निकाय समेटेर ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ले अखेटोपहार व्यवस्थापन गर्न समिति गठन गरेको थियो । समितिमा ११ मन्त्रालयको प्रतिनिधित्व छ । ३५ सदस्यीय समितिमा सेना–प्रहरी पनि संलग्न छन् ।

अखेटोपहार कुहिएर नारायणहिटीमा दुर्गन्ध

तत्कालीन राजपरिवारले सिकार गरेका र उपहारमा पाएका वन्यजन्तुको हाड–छाला वर्षौँदेखि प्रयोगमा आएनन् । फारसखानामा थुपारियो । भवनमा पानी चुहिने भएकाले वन्यजन्तुका छाला ढुसी परेका छन् । कतिपय कुहिसकेका छन् । अखेटोपहार कुहिएपछि नारायणहिटीको पश्चिमपट्टि रहेको फारसखानामा दुर्गन्ध फैलिएको थियो । ‘नारायणहिटीका अखेटोपहार पनि धेरै त काम नलाग्ने अवस्था थिए । प्रयोगमा ल्याउनै नमिल्ने थिए,’ भट्टराईले भने ।

१६ साउनमा प्रत्यायोजित व्यवस्थापन समितिका सदस्य अखेटोपहारको अवस्था हेर्न नारायणहिटी दरबार संग्रहालय पुगेका थिए । गत बिहीबार समिति सभापति रामनारायण बिडारीले समेत ग्यालरी हल पुगेर अखेटोपहारलगायत अन्य वस्तुस्थिति बुझेका थिए । ‘जनावरका अंगहरू चोरिसकेजस्तो छ । यसलाई त छिटै सुरक्षित ठाउँमा पुर्‍याउनुपर्ने रहेछ,’ अनुगमनपछि बिडारीले भनेका थिए ।

वन्यजन्तुको अंगमा बारकोड र चिप्स

समितिले नारायणहिटी र सिंहदरबारका काम लाग्ने अखेटोपहारको नापतौल लिएको छ । अखेटोपहार सुरक्षित राख्न बारकोड र चिप्स राखिएको छ । माइक्रोचिप्सलाई लुकाएर अखेटोपहारको कुनै भागमा राखिन्छ । अखेटोपहार हरायो भने प्रविधिको सहायताले त्यसको खोजी गर्न सकिन्छ । माइक्रोचिप्सको मद्दतले अखेटोपहार कहाँ राखिएको भन्ने सजिलै छुट्याउन सकिने संयोजक भट्टराईले बताए । चोरी हुँदा पनि फेला पार्ने सम्भावना रहन्छ ।

हनुमानढोकामा रहेका अखेटोपहार पनि व्यवस्थापन हुने

यही समितिले हनुमानढोकामा रहेको अखेटोपहार पनि व्यवस्थापन गर्ने जनाएको छ । हनुमानढोकामा पनि महत्वपूर्ण अखेटोपहार छन् । समिति गठन गर्दा नै नारायणहिटी, सिंहदरबार र हनुमानढोकाको अखेटोपहार व्यवस्थापन गर्ने बताइएको थियो । नारायणहिटीको काम सकिएपछि केही दिनदेखि टोली सिंहदरबारमा छ । सिंहदरबारमा व्यवस्थापन सकिएपछि टोली अनुमानढोकातिर लाग्नेछ ।

भूकम्पमा भत्कियो सिंहदरबारको ग्यालरी भवन

०७२ को भूकम्पले सिंहदरबारको ग्यालरी भवन ध्वस्त बनायो । अहिले फलामको डन्डी लगाएर भवन जोगाइएको छ । पुनर्निर्माण थालिएको छ । तर, त्यहाँ रहेका सामग्री भने अन्यत्र सारिएको छैन ।

वन्यजन्तुका कैयौँ अंग काम नलाग्ने

गणेशप्रसाद भट्टराई, संयोजक, अखेटोपहार व्यवस्थापन समिति (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक)

भूकम्पपछि नारायणहिटी फारसखानामा भएका अखेटोपहार बिग्रिएको अवस्थामा छ । पानीले भिजेर काम नलाग्ने भएको छ । हनुमानढोकामा पनि भूकम्पले असर गरेकाले उस्तै अवस्था छ । सिंहदरबारमा त धेरै बिग्रिएका छन् । छालाले मोरेर माटो, पराल राखेर टाउको बनाइएको रहेछ । भूकम्पछि पानी परेर ती सबै गलेर बिग्रिए ।

विगतमा नारायणहिटीभित्र मान्छेको पहुँच हुँदैन थियो । पहुँच नभएका कारण खासै वास्ता पनि हुँदैनथ्यो । राजसंस्था अन्त्य भएपछि त्यहाँभित्रका कुरा जान्ने मौका पायौँ । ढिलै भए पनि जीवजन्तुका अंग व्यवस्थापनमा लागेका छौँ । नारायणहिटीको फारसखानामा छाला र सिङ मात्र छन् । वर्षौँदेखि छाला एकै ठाउँमा राख्दा तापक्रम नमिलेर बिग्रिएका छन् । बिग्रिएका छालालाई अब पुरानो अवस्थामा फर्काउन सकिँदैन । नष्ट गर्नुको विकल्प छैन । प्रयोग गर्न मिल्नेलाई भने माइक्रोचिप्स राखेर, बारकोड गरेर अभिलेख तयार गर्दै छौँ । नया पत्रिकाबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -