बझाङ, २३ साउन २०७६ । नेपाली काङ्ग्रेस बझाङ काठमाडौ सम्पर्क समितिले मेरो रगत कसैको जीवन भन्ने मुल नारालाई अगाडि बढाएको छ ।
नेपाली काङ्ग्रेस बझाङ काठमाण्डौ सम्पर्क समितिको केन्द्रीय निर्देशानुसार “मेरा रगत कसैको जीवन” भन्दै बझाङ काठमाडौ सम्पर्क समिति अध्यक्ष शमशेर बम्मको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले साउन ३२ गते शनिबारका दिन काठमाडौमा रहेको पुर्णजिल्ला सम्पर्क समितिको सहकार्यमा आयोजना हुने भएको छ ।
बझाङ जिल्ला सम्पर्क समिति सँयोजक रहने गरि काठमाडौ स्थिति त्रिचन्द्र कलेज घण्टाघरको प्राङ्गणमा विहान १० बजे देखि रक्तदान कार्यक्रमको आयोजना हुने नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाली काङ्ग्रेस आव्द नेविसंघ केन्द्रीय सहमहामन्त्रीका प्रत्यासी नारायण हमालले जानकारी दिनुभयो ।
नेता हमालका अनुसार त्रिचन्द्र कलेज घण्टाघरको प्रांगणमा बिहान १० बजे देखि रक्तदान कार्यक्रम राख्ने निर्णय गरेको हुदा सम्पूर्ण काठमाडौंमा उपलब्ध नेतागण महासमिति सदस्य महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमिति ,कार्यकर्ता महिला संघ तरुण दल ने।बि।संघ शुभेच्छुक संघ संस्था का साथीहरू लगायत सर्बसाधारण आम जनता दाजुभाइ दिदीबहिनीहरुलाइ सहभागी भइ रक्तदान गरि पुण्य कमाइ सहयोग गरिदिन हुन नेता हमालले आग्रह गर्नुभएको छ ।
नेपाली काङ्ग्रस नेविसंघ कदावि पनि नझुक्ने र देशको स्थितिमा रहि कडा रुपले लागिपरेको पनि जानकारी गरे हामिले रक्तदान गर्दा कसैको ज्युज्यान बाच्न सक्छ, गरिवहरुको जीवन बन्छ भन्ने उदेस्यले यहि ३२ गते रक्तदान कार्यक्रम सुरु हुने नेता हमालको भनाइ छ ।








































