धरान, २१ साउन २०७६ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले धरान, वडा नं। १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई एक लाख एघार हजार रुपैयाँको चेक हस्तान्त्तरण गर्नु भयो ।
उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोकसम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।









































