Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:४७:१४ बिहान
- ADVERTISEMENT -

देशभर अवैध नागरिकता छानबिन गर्दै गृह मन्त्रालय : पहिलो चरण काठमाडौँबाट सुरु

प्रकाशित मिति: २०७६ साउन २१, मंगलबार

2241
Shares

काठमाडौं, २१ साउन २०७६ । गृह मन्त्रालयले झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिनेविरुद्धको अनुसन्धानमा तिव्रता दिएको छ ।

सरकारले यसअघि झुटो विवरण पेश गर्ने ८ जनाको नेपाली नागरिकता खारेज गरेको थियो । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी (वैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा उजुरी आएका जिल्ला प्रशासनबारे अनुसन्धान गर्न समिति नै गठन गरेर अनुसन्धान र अध्ययन प्रक्रिया अगाडि बढाइएको हो ।

गृह मन्त्रालयका उपसचिव शम्भु रेग्मीको नेतृत्वमा तीन सदस्यीय नागरिकता छानबिन समिति गठन गरिएको छ । असार १२ गते गठन गरिएको समितिमा गृहकै शाखा अधिकृत दयाराम श्रेष्ठ र कानुन अधिकृत भोजराज दाहाल सदस्य छन् ।

नेपालका विभिन्न सीमावर्ती जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट गैरनेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाएको चर्चापछि गृहले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको हो । स्थानीय राजनीतिक दल तथा कर्मचारीलाई प्रलोभनमा पारेर भारतीय नागरिकले नागरिकता बनाउने गरेको यसअघि समेत विभिन्न जिल्लामा चर्चा चल्दै आएको थियो ।

समितिले पहिलो चरणमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको नागरिकताको अवस्था लगायतको अध्ययन गर्नेछ । समितिलाई सुरुमा १५ दिनको म्याद दिइएको थियो । आवश्यकताअनुसार म्याद थपघट हुन सक्ने समितिका संयोजक उपसचिव शम्भु रेग्मीले बताए । उनले भने, ‘‘नागरिकताका बारेमा आएका उजुरी, गुनासो हेरेर कानुनविपरीत भएको पाइए कारवाहीको सिफारिस गर्ने हो । मन्त्रालयले महसुस गरेमा अन्य जिल्लामा पनि अध्ययन हुनसक्छ ।’’

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले कुनै अवैध नागरिकताबारे उजुरी परेमा मन्त्रालयले छानबिन गर्ने बताए । सुवेदीले भने, ‘‘कुन–कुन जिल्लामा के छ भनेर त भन्न सक्दिन । तर गुनासो, उजुरी आएका कुरालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान र अध्ययन गर्दै आएका छौं ।’’ उनका अनुसार यसअघि झापा जिल्लाबाट अवैध रुपमा नागरिकता प्राप्त गरेकाहरुको अनुसन्धान समेत गृहले गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -