इराक, १६ साउन २०७६ । अमेरिकी गोप्य जानकारी अनुसार अल कायदा सरगना बनिसकेका ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको मुत्यु भएको छ । अमेरिकी कारवाहीमा ओसामा मारिए पछि हमजा नै अल कायदाको कमान सम्हालीरहेका थिए । यद्यपी, अमेरिकी अधिकारीहरुले उनको मुत्यु कसरी गरीयो वा भयो सो को जानकारी अहिलेसम्म दिएका छैनन् ।
राष्ट्रपति डोनाल्ड ट्रंपले यो बिषयमा सोध्दा कुनै पनि टिप्पणी गर्नबाट इनकार गरेका छन् । जानकारी अनुसार, यो बर्ष मार्चमा अमेरिकाले हमजाको नागरीकता जफत गर्दे उसलाई १० लाख डलरको घोषणा गरेको थियो । अमेरिकाले उसलाई अल कायदाका मुख्य सरगना बताउदै उसको जानकारी दिनेलाई इनाम दिने घोषणा गरेको थियो ।
३० बर्षिय हमजाको अन्तिम बयान अल कायदाको मिडिया विंगले २०१८ मा जारी गरेको थियो । यसमा उसले साउदी अरबलाई धम्कि समेत दिएका थिए । हमजाले त्यहाँ का मानिसहरुलाई साउदी अरब विरुद्ध विद्रोहको लागी उक्साएका थिए ।
लामो समयदेखी उनको विषयमा कुनै पनि जानकारी प्राप्त हुन सकेको थिएन । यद्यपी, उनको विवाह भएको जानकारी भने पछिल्लो पटक सार्वजनिक भएको थियो ।








































