अफगानिस्तान, १२ साउन २०७६ । तालीवान समूहले प्रत्यक्ष रुपमा अफगान सरकारसँग वार्ता नगर्ने बताएको छ । अफगानी सरकारका वरिष्ठ मन्त्रीले आगामी दुई साताभित्र तालीवान समूहलाई वार्ता लागि पठाएको पत्र अस्वीकार गरेको तालीवान समूहका उच्च अधिकारीले जनाएका छन् ।
तालीवान समूहका राजनीतिक कार्यालय कतारका प्रवक्ता सुहाइल सहहीनले भने, “बाह्य शक्तिलाई फिर्ता पठाएमामात्र अफगानिस्तासँग वार्ता हुन्छ ।”
शनिबार अफगानिस्तानका शान्ति मामिला राज्यमन्त्री अब्दुल सलाम रहिमीले भनेका थिए, ” आगामी दुई साताभित्र तालिवान समूहसँग सिधा वार्ता गर्न १५ सदस्यीय वार्ताटोली गठन गरेको छ ।”
करिब एक वर्षअघि तालिवान वार्ता टोलीले अमेरिकासँग वार्ता शान्तिवार्ता गरेको थियो । तर, अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । तालीवान समूहले अफगान सरकारलाई ‘कठपुतली शासन’ को संज्ञा दिएको छ ।
केही दिनअघि काबुल पुगेका अमेरिकी प्रतिनिधि जालमेइ खालीजादले ट्विट गर्दै अर्को चरणमा ‘अन्तर- अफगान’ वार्ता हुने बताएका छन् । उनले भनेका छन्, “हाम्रो सम्झौतालाई अन्तिम रुप दिएपछि तालीवान समूह, अन्य समूहका वार्ता टोली र उच्च सरकारी अधिकारी, राजनीतिक पार्टी, नागरिक समाज र महिला प्रतिनिधिको सहभागितामा वार्ता हुन्छ ।” डन








































