Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५८:४८ बिहान
- ADVERTISEMENT -

बाढीको कहरः १०८ जनाको मृत्यु, ३५ जिल्ला प्रभावित

प्रकाशित मिति: २०७६ साउन ९, बिहीबार

803
Shares

काठमाडौं, ९ साउन २०७६ । गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उनले बताए ।

प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा उठेका प्रश्नको बुधबार साँझ जवाफ दिँदै उनले घर आवासको क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट सङ्कलन गर्ने कार्य भइरहे पनि प्रारम्भिक सूचनाअनुसार हजारौँ घरमा क्षति पुगेको बताए ।

मनसुनी वर्षा मुलुकभर नै भए पनि बाढी, पहिरो र डुबानबाट गुल्मी, रौतहटलगायत ३५ जिल्ला प्रभावित भएको उनले जानकारी दिए । गृहमन्त्री थापाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको बताए । राहत तथा उद्धारलाई प्रभावकारी तुल्याउन तीनै तहका सरकारसँग मिलेर काम गरिरहेको जानकारी दिँदै गृहमन्त्री थापाले उद्धारका लागि ४१ हजार २०४ भन्दाबढी सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए ।

बाढीपहिराको चपेटामा परेका तीन हजार ३३३ जनालाई उद्धार गरिएको पनि उनले जानकारी दिए । गृहमन्त्री थापाले उद्धार र राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयवासीको सहयोग रहेको जानकारी दिए । मृत्यु भएका परिवारलाई एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको तथा राजमार्ग अवरुद्ध भए पनि विभिन्न उपायबाट खोजतलास र उद्धारको काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तथा डुबान परिवार पानीको सतह घटेसँगै आ–आफ्नो स्थानमा फर्केनेक्रम जारी रहेको सो अवसरमा जानकारी दिइयो ।

राहत र उद्धारको कार्यलाई प्रभावकारी तुल्याउन सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधन परिचालन गरिएको जानकारी सो अवसरमा दिइयो । प्राकृतिक प्रकोपबाट सिर्जित समस्यालाई कसरी समाधान गर्न विभिन्न उपायको खोजी भइरहे पनि त्यसको कारक भने मानव जाति नै हुन भन्ने ठम्याइ रहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -