Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:४२:२१ बिहान
- ADVERTISEMENT -

तिलगंगा आँखा अस्पताललाई ‘डब्लूएचओ’ को मान्यता

प्रकाशित मिति: २०७६ साउन ६, सोमबार

967
Shares

काठमाडौँ, ६ साउन २०७६ । डाक्टर सन्दुक रुइतले स्थापना गरेको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो सहकार्य केन्द्र (कोल्याबोरेटिङ सेन्टर) को मान्यता दिएको छ ।

सोमबार प्रतिष्ठान स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा तिलगंगा अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा संगठनका नेपाल प्रतिनिधि  डाक्टर जोस भेन्डेलरको उपस्थितिमा सहकार्य केन्द्र मान्यताको घोषणा गरेको छ ।

डब्लुएचओको सहकार्य केन्द्रको मान्यता पाउने तिलगंगा नेपालको पहिलो आँखा अस्पताल हो। आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेवापत तिलगंगालाई आफ्नो सहकार्य केन्द्रका रूपमा मान्यता संगठनले जनाएको छ ।

संगठनले प्रतिष्ठानको तीन मुख्य विधा; आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जन शक्ति उत्पादन र  अनुसन्धानमा सहकार्य केन्द्रको मान्यता दिएको हो ।

प्रतिष्ठानले आँखा स्वास्थ्यको विशिष्ट सेवाहरू; आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा,आँखाको प्लाष्टिक सर्जरी,बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर साथै सामुदायिक आँखा सेवामा विशिष्ट तालिम प्राप्त नेत्र विशेषज्ञद्धारा सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै, अध्ययन तथा तालिम विभाग अन्तर्गत आँखा सेवाको लागि चाहिने सबै प्रकारको जनशक्ति (नेत्र रोग विशेषज्ञ, अप्ट्रोमेट्रिष्ट,नेत्र सहायक, आँखा स्वास्थ्य कार्यकर्ता) उत्पादन गरिरहेको छ । त्यस्तै नेत्ररोग विशेषज्ञ, अप्ट्रोमेट्रिष्ट, नेत्र सहायक, मेडिकल विद्यार्थी, नर्स, स्वयंसेविका,सामुदायिक स्वास्थ्य कार्यकर्ता,सामुदायिक आँखा हेरचाह व्यवस्थापक आदिलाई छोटो तथा लामो अवधिको विभिन्न तालिम दिइरहेको छ।  हालसम्म स्वदेश र विदेशका गरी ६११ जना नेत्र रोग विशेषज्ञ, ७३२ जना आँखा स्वास्थ्यकर्मी,१०,३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र ६,९१६ मेडिकल विद्यार्थीलाई लामो, छाटो तथा अवलोकन तालिम दिइएको प्रतिष्ठानले जनाएको छ ।

२५ औं वार्षिकोत्सव समारोहमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले तिलगंगाका संस्थापक डाक्टर रुइतले उपचार क्षेत्रमा चमत्कारिक काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

‘डा रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,’ ओलीले भने,‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन सफल हुनुभएको छ ।’

डा रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने ओलीले बताउनु भयो ।

स्थापनाको २५ वर्षमै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पताललाई बधाई दिनु भयो ।

‘तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन्’ ओलीले भन्नु भयो । अनुसन्धान, तालिम र उपचारका लागि अस्पतालले सरकारका तर्फबाट यथेष्ट सहयोग पाउने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -