इटहरी, २८ असार २०७६ । सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेको छ।
शु क्रबार साँझको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७ हजार ५१५ क्युसेक रहेको जिल्ला प्रसासन कार्यालयले जनाको छ ।
कोशी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका छन् । पानीको बहावमा निरन्तर वृद्धि भएसँगै व्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।








































