Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:३० बिहान
- ADVERTISEMENT -

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी

प्रकाशित मिति: २०७६ असार २२, आइतबार

1050
Shares

अमेरिका, २२ असार २०७६ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार विहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।

करिव २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीबार ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको थियो ।

सो भूकम्पपछि अरु कैयौँ शक्तिशाली पराकम्पनहरु आउनसक्ने अनुमान त्यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए ।

अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)लाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार अमेरिकाको क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको पराकम्पन आएको छ । बिहीबार साँझको सो पराकम्पनपछि नागरिकहरुमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको थियो ।

गत बिहीबारको भूकम्पपछि करिब ८० ओटा पराकम्पनहरु आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको छ ।

दुइ दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट करिब दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको छ ।

तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन । केही मानिस घाइते भएका समाचारमा आएको छ ।

भूकम्पका कारण ग्याँसको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन् ।

उनीहरुकाअनुसार उद्धारको काम जारी छ । अहिलेसम्म त्यस्तो ठूलो क्षतिको खबर प्राप्त नभएको जानकारीमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -