Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०६:२६ बिहान
- ADVERTISEMENT -

गाेरखा प्रहरी प्रमुखकाे दिउसै मापसे चेकजाँच

प्रकाशित मिति: २०७६ असार २०, शुक्रबार

902
Shares

गोरखा, २० असार २०७६ । गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ ।

छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो ।

‘गोरखाका एसपी तीन दिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौँ । दिउसो १२ बजे नै निवासमा मादक पदार्थ सेवन गरेर बसेको भेटियो’, डिआइजी घिमिरेले भने, ‘टोलीले गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर मेडिकल चेकजाँच गरी मुचुल्का पनि गरेको छ । प्रतिवेदन पनि तयार गरेको छ ।’

निरीक्षण टोलीको सम्पूर्ण प्रतिवेदन अध्ययन भइरहेको पनि बताइएको छ । गोरखा अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोलीले एसपी रावलको मेडिकल चेकजाँच गरेको अस्पतालले जनाएको छ । डा। अमात्यले भने रिपोर्ट बारे बोल्न नमिल्ने बताइन् ।

एसपी रावलले भने यस बारेमा आफूलाई केही थाहा नभएको भन्दै आफूमाथिको आरोपबारे बोल्न इन्कार गर्नु भयो । ‘आन्तरिक कामले एसएसपीसावको टोली आउनु भएको चाहिँ हो, अरु कुरा थाहा भएन’, एसपी रावलले भन्नुभयो ।

नौ दिनदेखि वेपत्ता भइरहेका गोरखाको यारु बगरका व्यवसायी धनकमल गुरुङ र उनीमाथि आक्रमण गर्ने ६ जनाको खोजी अनुसन्धान बारेमा बुझ्न खोज्दा एसपी रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरीको टोली निरीक्षणका लागि पठाएको डिआइजी घिमिरे बताउँछन् ।

आन्तरिक अनुशासन उल्लंघन गरेको आरोपमा एसपी रावलमाथि अनुशासनको कारवाही हुनसक्ने डिआइजी घिमिरेले बताउनु भयो । Annapurna Post

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -