काठमाडौँ, १७ असार २०७६ । पर्वतीय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरेको भन्दै ‘प्रकाश दाहाल स्मृति प्रतिष्ठान’ले एक विदेशीसहित चार पर्वतारोहीलाई सम्मान गरेको छ ।
प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६’ कार्यक्रममा सगरमाथा ओरोही तथा सम्पर्क अधिकृतका रुपमा कार्यरत ज्ञानेन्द्रकुमार श्रेष्ठ, आइसफल डा आङ सार्की शेर्पा, पर्वतारोही छिरिङ तुन्डु शेर्पा, साहसिक महिला आरोही माया शेर्पालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्नुभयो ।
सोही अवसरमा नेपाललाई विगत ३४ वर्षदेखि सहयोग गर्दै आउनु भएका पर्वतारोही दक्षिण कोरियाका नागरिक अम हङ गिललाई पनि सम्मान गर्नुभयो ।
सगरमाथा ओराहीलाई सम्पर्क अधिकृतका रुपमा सहयोग पु¥याउनु भएका श्रेष्ठ, महिलालाई सगरमाथा ओरोहणका लागि प्रेरित गर्ने माया, आरोहीलाई बाटो बनाई सहयोग गर्ने आइसफल डा आङ सार्की, पर्वतारोही छिरिङ र कोरियन नागरिक गिलको योगदानको बारेमा समेटिएको श्रव्यदृश्य सामग्रीसमेत कार्यक्रममा देखाइएको थियो ।
यस्तै सो अवसरमा अर्बुद रोगबाट पीडित पूर्वजनमुक्ति सेना धर्मबहादुर ओली र १३ वर्षीय बालिका पल्लवी श्रेष्ठलाई जनही रु एक÷एक लाख नगद सहयोग प्रदान गरिएको थियो ।