Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:३६ बिहान
- ADVERTISEMENT -

जापानले दक्षिण कोरिया निर्यात हुने उच्च प्रविधिका सामग्रीमा प्रतिबन्ध लगाउने

प्रकाशित मिति: २०७६ असार १६, सोमबार

968
Shares

टोकियो (जापान), १६ असार २०७६ । जापानले दक्षिण कोरिया निर्यात हुने उच्च प्रविधिका सामग्रीमा प्रतिबन्ध लगाउने भएको छ ।

जुलाई ४ देखि जापानले दक्षिण कोरिया निर्यात हुने सामग्रीमा कडाइ गर्न लागेको हो । दोस्रो विश्वयुद्धमा भएको श्रम शोषणबारे देखिएको विवादको कारण जापानले यस्तो निर्णय गरेको हो ।

गत अक्टोबरमा दक्षिण कोरियाको सर्वोच्च अदालतले दोस्रो विश्वयुद्धको क्रममा जापानको निप्पोन स्टिलले जबर्जस्ती काममा लगाएका दक्षिण कोरियाली नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

जापानले भने यस विषयमा सन् १९६५ मा नै दुई मुलुकबीच सम्झौता भइसकेको बताउँदै आएको छ । यससँगै दुई मुलुकको सम्बन्धमा दरार आएको हो ।

अहिले जापानले ल्याएको योजनाअनुसार स्मार्टफोनको डिस्प्लेमा प्रयोग हुने फ्लेरिनेटेड पोलिमाइड र उच्च शुद्धताको हाइड्रोजन फ्लोराइडजस्ता सामग्रीमा दिइँदै आएको सहुलियत रोकिनेछ । यससँगै जापानी निर्यातकर्ताले दक्षिण कोरिया निर्यात गर्नुपूर्व सरकारको अनुमति लिनुपर्ने हुन्छ ।

सोमवार सरकारले आधिकारिक रूपमा यसको घोषणा गर्न सक्ने बताइएको छ । गत जनवरीमा जापानले दक्षिण कोरियासँग यस विषयमा वार्ताको माग गरेको थियो । दक्षिण कोरियाले भने त्यसको कुनै जवाफ दिएको थिएन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -