- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

June 28, 2019
1033
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, १३ असार २०७६ । सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम (रिजल्ट) प्रकाशित भएको छ ।

इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गएको जेठ २५ र २६ गते भाषा परीक्षा दिएका परीक्षार्थीको इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले भाषा परीक्षाको परिणाम तयार गरेर शुक्रबार बिहान पठाउने र त्यो आउनेवित्तिकै वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।

- ADVERTISEMENT -

Advertisement

शाखाका अनुसार दुई दिनसम्म दुईरदुई सिफ्ट गरेर सञ्चालन गरिएको परीक्षाका ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षा दिएका छन् ।

सन् २०२० मा कोरियाको कृषि र सेवा क्षेत्रमा काम गर्न त्यहाँको मानव संसाधन विभागले १०५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा तीन हजार र उत्पादनमूलक क्षेत्रमा सात हजार ५० जना गरी १०५० परीक्षार्थी छनोट हुनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com