- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी

June 27, 2019
2302
Shares
- ADVERTISEMENT -

भक्तपुर, १२ असार २०७६ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

वि सं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यालयले बिहीबार दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए बिहीबार नै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com