२०८३ वैशाख २८, सोमबार
८:२०:५३ बिहान
- ADVERTISEMENT -

जथाभावी गाडी पार्किङ गर्दा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा ‘ह्वील लक’

प्रकाशित मिति: २०७६ असार ११, बुधबार

1358
Shares

काठमाडौं, ११ असार २०७६ । ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । ठूलाबडा गल्ती गर्दा कुनै कारवाही नहुने तर साना, पहुच नभएकाले सानो गल्ती गर्दा पनि ठूलो सजाय पाउने गरेका छन् । त्यसैले माथिको उखान चलचल्तीमा आएको हो ।

आफुलाई भीआईपी भन्दै जथाभावी गाडी पार्किङ गर्ने गृह मन्त्रालयका प्रवक्तालाई भने ट्राफिक प्रहरीले राम्रै दनक दिएका छन् । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा ‘ह्वील लक’ गरेका हुन् ।

सिंहदरबारको पूर्वी गेटअगाडि जथाभावी पार्किङ गरिएका सरकारी गाडीमाथि ह्वील लक गर्ने क्रममा गृह प्रवक्ताको गाडीसमेत परेको ट्राफिक प्रहरीले जनाएको छ ।यसरी ह्वील लक गरिएका गाडीमध्ये गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको समेत रहेको र जथाभावी पार्किङ गरेबापत १ हजार जरिवानाको चिट काटिएको छ ।

प्रवक्ता सुवेदीले चढ्दै आएको बा२झ ४३८८ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो । त्यस्तै, अर्को बा२झ ३४६ नम्बरको सरकारी गाडीमा समेत ट्राफिक प्रहरीले लक गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग अनामनगरबाट खटिएको टोलीले गाडीमा लक गरिदिएको हो ।

घटनास्थलमै ट्राफिकलाई धम्की
अनाधिकृत रुपमा पार्किङ गरिरहेका सवारीको ह्वील लक गर्ने क्रममा ति ट्राफिकले प्रवक्ताको सुवेदीको गाडी पनि कारवाहीमा परेको थियो । तर उनले चर्को दवावमा केही समयमै ह्वील अनलक गरि दिए ।

उनी गाडी सडक किनारमा पार्किङ गरेर खाना खान गएका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि प्रवक्ता सुवेदी आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई म गृह मन्त्रालयको प्रवक्ता हुँ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए ।

तर, ट्राफिकले गाडीका कागजपत्र मागे । कागजपत्र माग गरेपछि प्रवक्ताका सवारी चालकले आफ्नो गाडी गृह मन्त्रालयको गाडी हो भन्दै ट्राफिक प्रहरीलाई सम्झाउन खोजे । तर, ट्राफिक प्रहरीले गाडीको ह्वीलमा लक लगाइसकेका थिए । उनले गाडीको कागजपत्र नल्याउँदासम्म गाडी नछाड्ने अडान राखे ।

केही समयको रस्साकसीपछि ट्राफिकलाई फोन आयो । फोनमा कसैले गाडी तुरुन्त छोड्ने आदेश दिइयो होला त्यसपछि उनले गाडीको ह्वील अनलक गरिदिए । गाडीको लक खोलेपछि प्रवक्ता मुर्मुरिँदै गाडी चढेर गए ।

ट्राफिक प्रहरीले आफ्नो अडानबाट पछि हट्न बाध्य भए । उनको अनुहारमा अध्यारो छाएको थियो । प्रवक्ता गएपछि उनले भने, ‘म त काम गरेर खाने मान्छे हो, जहाँ सरुवा गरे पनि के भो र ?’ उनले गाडी तुरुन्तै छाडेपछि एक हजारको चिट भने काटेरै छाँडे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -