काठमाडौं, ११ असार २०७६ । राष्ट्रिय परीक्षा बोर्डले ०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज (बुधबार) प्रकाशित नहुने भएको छ । एसईई परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक हुने भनिए पनि केही प्राविधिक कारणले गर्दा आज नहुने भएको हो ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले एसईईको परीक्षाफल प्रकाशनको अन्तिम तयारी भइरहेको, तर आज (बुधबार) नतिजा सार्वजनिक हुने सम्भावना नरहेको बताए ।

‘धेरै मिडियामा आजै नतिजा आउने कुरा आएको छ, त्यो कसरी आयो हामीलाई थाहा छैन,’ अधिकारीले भने, ‘भोलिसम्म सार्वजनिक गर्ने प्रयास भइरहेको छ, हेरौँ कति सफल भइन्छ ।’

यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्