- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो

June 25, 2019
1111
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तेहरान, रासस/एएफपी, १० असार २०७६ । अमेरिकाले सोमबारदेखि लागु हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । उसले इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दवाव सिर्जना गर्नुपर्ने बताउँदै आएको छ ।

अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रपति रौहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको इरानीमन्त्रीहरूसँग भने, “वार्ताका लागि आह्वान गरेको दावी गरिरहँदा अमेरिकाले इरानमाथि र यहाँका विदेशमन्त्रीमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । यो प्रष्ट छ कि वासिङ्टन वार्ता प्रस्ताव गरिएको भनेर झुटो बोलिरहेको छ ।”

अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले वासिङ्टनले इरानसँग वार्ताका लागि ढोका खुल्ला राखेको भन्ने भनाईप्रति लक्षित गर्दै रौहानीको यो प्रतिक्रिया आएको हो । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दावी पनि गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

इरानी राष्ट्रपति रौहानीले प्रश्न गरे, “इरानी सर्वोच्च नेता आयोतोल्ला खामेनीलाई कालो सूचीमा राख्ने इरानमाथि प्रतिबन्ध गर्ने अनि कसरी वार्ताको लागि ढोका खुला हुन्छ सबै सामु यो बिषय प्रष्ट हुनु जरूरी छ ।”

”सियाको प्रार्थनागृह होसैनिया सर्वोच्च नेताको घर हो जुन सामान्य छ । हाम्रा देशका नेताहरूसँग अन्य देशका नेतासँगजस्तो विदेशमा अर्बौको सम्पत्ति छैन । यसलाई रोकियोस्, जफत गरियोस् वा प्रतिबन्ध लगाइयोस् यसबाट इरानलाई कुनै फरक पर्दैन ।”

उनले थपे, “विदेशमन्त्रीविरूद्धको प्रतिवन्ध के का लागि हो ? उहाँलाई अमेरिका भ्रमणमा रोक लगाउन होइन ? यो राम्रो हाम्रो लागि राम्रो कुरा हो ।”

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com