काठमाडौं, १० असार २०७६  । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताए । उनले नतिजा १४ गतेभित्र निकाल्ने जानकारी दिनु भयो  ।

बि स २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी सहभागि भएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्