२०८३ वैशाख २८, सोमबार
८:१३:१५ बिहान
- ADVERTISEMENT -

सीआईबीमा उजुरी : विदेशी च्यानल बन्द गरेर उपभोक्ता ठगेको आरोप

प्रकाशित मिति: २०७६ असार १०, मंगलबार

931
Shares

काठमाडौं, १० असार २०७६ । विदेशी च्यानल प्रशारण बन्द गरेको भन्दै केवल टेलिभिजन प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । उपभोक्ता हित संरक्षण मञ्चले सुविसु केवल नेटका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजनका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो ।

उजुरीमा करोडौं रुपैयाँ अग्रिम भुक्तानी असुल गरेका उभोक्तालाई अन्याय गरेको आरोप लगाइएको छ । केवल टेलिभिजन व्यवसायीले नेपालमा प्रशारण हुने विदेशी च्यानल क्लिन फिड हुनुपर्ने व्यवस्था सरकारले गर्न लागेकोमा सोमबार ३ बजेदेखि २४ घन्टा क्लिन फिड प्रशारण गरेका छन् । जसमार्फत् टेलिभिजन प्रशारणमा अवरोध पुगेको आरोप लगाइएको छ ।

मञ्चले ती केबल टेलिभिजन सञ्चालकको उपभोक्तासँगको सझौता, कारोबार, प्रशारण सम्बन्धी सम्पूर्ण विवरण, कागजात तथा कप्युटर फाइल समेतको रेकर्ड झिकी बुझी अनुसन्धान गर्न माग गरिएको छ ।

मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले दर्ता गरेको उजुरीमा सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउन माग गरिएको छ ।

उजुरी दर्ता गर्ने तिमल्सिनाले बाह्रखरीसँग भने, “अग्रिम भुक्तानी लिएर सार्वजनिक सेवा अवरुद्ध गर्न पाइन्छ ? भनेर उजुरी दर्ता गरेका छौं ।” उनीहरुले अवैधानिक संस्थाको नाममा सार्वजनिक सेवामा अवरुद्ध गर्ने प्रयास गरेका छन् । यो कार्य मुलुकी फौजदारी संहिताको अपराध बमोजिम रहेको हाम्रो ठहर छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -