चितवन, १० असार २०७६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ ।

पूर्व पश्चिम राजमार्गदेखि जिल्लाका भित्री सडकहरुमा पनि ठुला तथा साना सवारी चलेका छैनन् भने आंशिक रुपमा मोटरसाइकल चलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बन्दका कारण शिक्षण सस्था खुल्न सकेन भने बजार तथा पसल पनि बन्द भएका छन् ।

प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै विरोध स्वरुप आज नेपाल बन्दको आह्वान गरेको हो । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था निकै कडा पारिएको चितवन प्रहरीले जनाएको छ । बन्दको कारण टाढा टाढा जाने यात्रुहरु मारमा परेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्