२०८३ जेठ ३, आइतबार
५:२०:५४ बेलुका
- ADVERTISEMENT -

एक वर्षमा नेपालीले पढ्न पाउने किताबको कोटा तोक्न आग्रह : थापा

प्रकाशित मिति: २०७६ असार ८, आइतबार

920
Shares

काठमाडौं, ८ असार २०७६ । नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारलाई व्यङ्ग्य गर्दै एक वर्षमा नेपालीले पढ्न पाउने किताबको कोटा तोक्न आग्रह गरेका छन् ।

नयाँ बजेटले किताव आयातमा १० प्रतिशत भन्सार लगाउने व्यवस्था गरेकोप्रति कटाक्ष गर्दै उनले सरकारले यो व्यवस्था स्वदेशी मुद्रण उद्योगलाई पश्रय दिने भन्दा पनि नागरिकलाई किताब पढ्नबाट नियन्त्रण गर्ने उद्देश्यले ल्याएको आरोप लगाएका छन् ।

यसरी पुस्तकमा लगाईएको करले राजश्व बढाउने र स्वदेशी मुद्रण उद्योगलाई पश्रय दिने कुरामा कुनै दम नरहेको भन्दै उनले यस अघि सरकारले १५ प्रतिशत भन्सार शुल्क लगाउँदा पनि नेपाली मुद्रण उद्योग फस्टाउन नसकेकोले पुस्तक आयातमा कडाई गर्दा नेपाली मुद्रण उद्योग फस्टाउँछ भन्ने तर्कमा कुनै दम नरहेको उनले बताए । उनले बरु यसमा सरकारको नियत गलत रहेको दाबी गरेका छन् ।

थापाले किताबमा भन्सार लगाउनुको एउटै उद्देश्य किताबमा नियन्त्रण गर्नु र प्रकारान्तमा ज्ञानमा नियन्त्रण गर्नु रहेको बताएका छन् । नेपाली मुद्रण उद्योगलाई फस्टाउने अन्य धेरै उपायहरु रहेको भन्दै सरकारको यसमा नियत सही नदेखिएको उनको आरोप छ । सरकारलाई व्यङ्ग्य गर्दै उनले भने धेरै भन्सार तिरेर पनि नेपालीले पुस्तक विदेशबाट ल्याउन थाले भने सरकारको उद्देश्य पूरा नहुनसक्छ । बरु मेरो सरकारलाई सुझाव छ विदेशबाट नेपालमा आउने नेपालीले कतिवटा पुस्तक ल्याउन पाउने हो ? त्यसको कोटा तोकियोस् । त्यसको अनुगमन गर्न विमानस्थल जस्ता ठाउँमा सुरक्षा जाँच कडा गरियोस ।

नेता थापाले यसबाट पनि नेपालीले किताब नपढी नछाड्ने गरे भने एक वर्षमा एक नेपालीले कतिवटा किताब पढ्न पाउने हो ? त्यसको कोटा तोक्न पनि उनले सुझाव दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -