२०८३ जेठ ३, आइतबार
६:३२:५६ बेलुका
- ADVERTISEMENT -

इच्छाकामना मन्दिरको पुर्ननिर्माण कार्य शुरु

प्रकाशित मिति: २०७६ असार ८, आइतबार

1221
Shares

कुरिनटार, ८ असार २०७६  । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको ऐतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिरको पुर्ननिर्माण कार्य सुरु भएको छ । शनिबार प्रदेश नम्बर तीनका प्रमुख अनुराधा कोइरालाले शिलान्यास गर्नु भएको हो ।

मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिक स्थलहरुको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्दिर पुर्ननिर्माणका लागि आफ्नो तर्फबाट आवस्यक पहल गर्ने आश्वासन दिनुभयो । विकास निर्माणका लागि स्थानीय नै सक्रिय हुनुपर्ने उहाँको भनाई थियो ।

गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामनाको विकास विना समृद्ध चितवन बन्न नसक्ने भन्दै यहाँका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो । सबैको आस्थाको धरोहर इच्छाकामना मन्दिरको प्रचार प्रसार र विकासका लागि गाउँपालिका लागी परेको बताउनुभयो । उहाँले मन्दिर पुर्ननिर्माणका लागि आर्थिक अभाव हुन नदिने बताउनुभयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले इच्छाकामना धार्मिक र पर्यटकीय स्थल रहेको थलो भएको बताउनुभयो । जिल्ला समन्वयबाट आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले यहाँको विकासका लागि जिल्ला समन्वयले आवस्यक पहल गर्दै आएको बताउनुभयो ।

यसैबीच उहाँले फिस्लिङ देखीको मोटरबाटोको स्तोरन्नती भईरहेको र मुग्लिनबाट सडक संञ्जाल जोड्ने काम भइरहेको बताउनुभयो ।

उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले इच्छाकामनाको धार्मिक धरोहरलाई सबै मिलेर संरक्षण गर्नु पर्ने बताउनुभयो । इच्छाकामना मन्दिर एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुदैँ गइरहेको बताउनुभयो ।

कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले मन्दिर पूर्ननिर्माणका लागि रु ५० लाख प्रदेश सरकारबाट प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार काठ किन्न मात्र ३५ लाख लाग्ने छ । मन्दिर पुर्ननिर्माणका लागि करिब ३ करोड लाग्ने बताउदैँ आवस्यक सहयोगका लागि पहल गरिदिन सबैलाई अनुरोध गर्नुभयो ।

पुरानो ढुंगा र माटोले बनेको मन्दिर जिर्ण बनेपछि पुर्ननिर्माण सुरु गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -