- ADVERTISEMENT -
- ADVERTISEMENT -

इन्चार्ज मारिएपछि सक्रिय रक्षामा रहन नेता–कार्यकर्तालाई विप्लवको आह्वान, १० गते नेपालबन्द (विज्ञप्तिसहित)

June 21, 2019
825
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ६ असार २०७६  । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले केपी वली सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाका महासचिव विप्लवले आज प्रेस वक्तव्य जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गरेका छन् ।

महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ ।

त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ ।

पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’

महासचिव विप्लवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

नेकपाले बर्बरतापूर्ण हत्याकाविरुद्ध सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमहरू यसप्रकार रहेका छन्

– असार ७ गते प्रचार प्रसार

– असार ८ गते कोणसभा तथा घरदैलो

– असार ९ गते मसाल जुलुस

– असार १० गते नेपाल बन्द

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -