Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:१७ बिहान
- ADVERTISEMENT -

जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार

प्रकाशित मिति: २०७६ असार ६, शुक्रबार

837
Shares

रसुवा, ६ असार २०७६ । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ सुख्खा पहिरो जाँदा सुरुङभित्र थुनिएका उनीहरुको शुक्रबार बिहान बाहिर उद्धार गरिएको हो ।

सुरुङभित्र रहेका १७ जना कामदारलाई बिहान सकुशल बाहिर निकालिएको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताए ।

रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र फसेका थिए ।

गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्रै थुनिएर अलपत्र परेका हुन् । सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिक थिए ।

उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल खटेका थिए । पहिरोमा परेर एक जना घाईते भएका छन् ।

सुरुङको मुख बन्द नभए पनि विद्युत् अवरुद्ध भएको र बाटोमा पहिरो गएका कारण कामदारलाई राति बाहिर नआउन आग्रह गरिएको थियो । पहिरोबाट मानवीय क्षति भने नभएको आयोजना प्रमुख छवि गैरेले बताए ।

भित्र थुनिएका कामदारसँग वाकी–टकीमा सम्पर्क भइरहेको थियो ।

बाहिर निस्कँदा जोखिम हुने भएकाले कामदार रातभर सुरुङभित्रै बसेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -