- ADVERTISEMENT -
- ADVERTISEMENT -

पालुङटारमा स्थानीय तहको राजश्व अधिकार तथा राजश्व सुधार योजनाको आवश्यकता सम्बन्धि राजश्व परामर्श बैठक सम्पन्न

June 20, 2019
1024
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, ५ असार २०७६ । स्थानीय तहको राजश्व अधिकार तथा राजश्व सुधार योजनाको आवश्यकता सम्बन्धि राजश्व परामर्श बैठक सम्पन्न भएको छ ।

नगर उप प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक पम्फा बसेलको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख इ.दीपक बाबु कंडेल, न.पा १-१० का सम्पूर्ण वडा अध्क्षयहरु, प्रमुख प्रसशासकीय अधिकृत बिरेन्द्र देव भारती, उधोग वाणीज्य संघ पालुङटार इकाईका अध्यक्ष आशिष देवकोटा, नगर कृषि शाखाका लक्ष्मी देवकोटा, नगर पशु शाखाका गोबिन्द श्रेष्ठ, पा.न.पा इन्जीनियर बिराज अर्याल, पा.न.पा राजश्व शाखाका सुमित्रा देवी शर्मा, प्रशासन शाखाका दिपेन्द्र अर्याल, , जिन्सी शाखाका छविलाल श्रेष्ठ, न्यायिक समितिका सदस्य तथा पा.न.पा वार्ड न ३ का वडा सदस्य रविन्द्र अधिकारी, पा.न.पा का सुचना प्रबिधी अधिकृत अशोक कुमर श्रेष्ठ, आइटी शाखाका आइटी सहायक अवी गुरुङ लगाएतको उपस्थित रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक पम्फा बसेलले स्थानीय क्षेत्रमा राजश्व अधिकारको बाडफाड, कर लिन पाउने / नपाउने क्षेत्र, घर जग्गाको मूल्यांकनका आधारहरु, दोहोरो कर सेवा क्षेत्र आदि लगाएतका बिषयमा आफ्ना भनाइ राख्नु भएको थियो ।

स्थानीय तहको राजश्व अधिकार तथा राजश्व सुधार योजनाको आवश्यकता सम्बन्धि राजश्व परामर्श छलफलमा सोधिएको प्रश्नमा नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले सरल तरिकाले जवाफ दिनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -