ललितपुर, ५ असार २०७६ । ललितपुर काँग्रेस सभापति मदनबहादुर अमात्य अस्पताल भर्ना हुनु भएको छ ।
पाचन प्रणालीमा समस्या देखिएपछि अमात्यलाई डाक्टरको सल्लाहमा भर्ना गरिएको थियो । उहालाई पुल्चोकस्थित सुमेरु सिटी अस्पताल भर्ना गरिएको छ ।
उहा ४ दिनदेखि अस्पतालमै आराम गरिरहेका छन् ।
सम्भवतः आज (विहीबार) डिस्चार्ज हुने लतिपुरका काँग्रेस नेता मीनकृष्ण महर्जनले जानकारी दिनुभयो ।