काठमाडौं, ४ असार २०७६ । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन भएको छ ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटन, कीर्तिपुरलगायतका क्षेत्रबाट आएको विशाल जुलुस माइतीघरमा जम्मा भएको हो ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । गुठी बिधेयक खारेज गर्नुपर्ने उनीहरुको मुख्य माग छ । शहरका विभिन्न भागबाट निकालिएको जुलुसका कारण काठमाडौ को यातायात अस्तव्यस्त भएको छ ।

यसैबीच, माइतीघर मण्डलामा खबरदारी सभा चलिरहँदा केही प्रदर्शनकारी नयाँ बानेश्वरतर्फ आएर प्रदर्शन गरिरहेका छन् । सरकारविरुद्ध नाराबाजी गर्दै र बाजागाजासहित उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्