काठमाडौँ, ३ असार २०७६ । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिनुभयो ।

सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो ।

सरकारले गुठीलाई व्यवस्थित गर्ने भन्दै विधेयक राष्ट्रिय सभामा पेस गरिएको थियो । तर उक्त विधेयकले नेपालको पराम्परा , संस्कृतीलाई मास्ने काम गर्ने , भूमाफियालाई पोस्न सरकारले विधेयक ल्याएको भन्दै चर्काे बिरोध र आलोचना भएको थियो ।

बिषेशगरी राजधानीमा नेवार समूदायले गुठी विधेयकको बिरोध गर्दै दिनहुँ प्रर्दशन गर्दै आएका थिए ।

उनीहरुले गुठी विधेयक फिर्ता नलिएर सरकार ढाल्ने समेत चेतावनी दिएका थिए भने गुठी विधेयक पारित गरे राजधानीमा नसोचेको परिणाम हुने चेतावनी दिँदै आएका थिए ।

यता विधेयकको कारण नै राजधानी तातेपछि सत्तारुढ दलकै नेताहरुले विधेयक फिर्ता लिनु पर्ने बताएका थिए । यसैगरी प्रचण्डले पनि सरकारले ल्याएका विधेयकमा गृहकार्य नपुगेको बताएका थिए ।

गुठी हिन्दु पराम्परा र नेवार समूदायसंग जोडिएको कारण पनि विभिन्न संघसंस्था , प्रतिपक्ष दलले राजधानीको बिरोध प्रर्दशनमा समर्थन जनाएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्