चीन, ३२ जेठ २०७६ । चीनले देशको परम्परागत कला संस्कृतिलाई जोगाउनका लागि देशका दुई हजार विद्यालय छनौट गरेको छ । चीनको शिक्षा मन्त्रालयतले सार्वजनिक गरेको जानकारी अनुसार ती विद्यालयहरूमा कला संस्कृतिको संरक्षणका लागि विभिन्न क्रियाकलापहरु गरिनेछ ।
मन्त्रालयले त्यसका लागि मातहतका निकायलाई सार्वजनिक रुपमै निर्देशन समेत जारी गरेको अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
छनौट भएका विद्यालयहरुले चीनका परम्परागत लोक सङ्गीत, कला, नृत्य, गीतिनाटक, हस्तलिपि, शिल्प र खेलहरू सिकाउनु पर्ने जिम्मेवारी तोकिएको छ ।
शिक्षा र परम्परागत कला संस्कृतिलाई सँगसगै अगाडि बढाउने गरी विद्यालयहरुको छनौट गरिएको हो । उनीहरूले निश्चित निर्देशिकाका आधारमा काम गर्नेछन् ।
चीनको यस कदमले कुनै पनि मुलुकका लागि आफ्नो संस्कृति कति महत्वपूर्ण विषय हो भन्ने बुझ्न प्रेरित गरेको छ ।