२०८३ जेठ ५, मंगलबार
३:४९:४७ राति
- ADVERTISEMENT -

पर्यावरणका विषयमा सगरमाथा संवाद गरिने :  प्रधानमन्त्री

प्रकाशित मिति: २०७६ जेठ ३२, शनिबार

823
Shares

काठमाडौँ, ३२ जेठ २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको अन्त्यसम्ममा नेपालले एउटा विश्व मञ्चका रूपमा सगरमाथा सम्वाद (सगरमाथा डाएलग) आयोजना गर्न लागेको बताउनुभएको छ । उहाँ त्यस्तो बहस पहिलो चरणमै पर्यावरणका विषयमा केन्द्रत हुने जानकारी दिनुभएको छ ।

पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध फ्रान्सको सुन्दर सहर सामोनी मो ब्लाँमा शुक्रबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । त्यस सहरका मेयर मोरिस हर्जोकले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर संसारलाई सन्देश दिनुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालजस्ता केही मुलुकले जलवायु परिवर्तनको भार बोक्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अत्यन्तै कम उत्र्सजन गर्छौं तर पर्यावरणीय प्रणाली बचाइराख्न धेरै योगदान गर्छौँ । यो नमिल्दो भएको छ, यसलाई सच्याइनुपर्छ । ”

“नेपालले १५ प्रतिशत भूभाग हिउँले ढाकेको छ । ४५ प्रतिशत भूभाग जङ्गलले डाकेको कुल ६० प्रतिशत हाम्रो भूभाग वातावरणका लागि समर्पित छ ।” उहाँले थप्नुभयो, “हाम्रो हिमाल र जङ्गलको ‘रिर्चाजिङ र कुलिङ’का माध्यमबाट पर्यावरणीय सन्तुलनमा पु¥याएको योगदान अतुलनीय छ । तर धेरै मानिस यसबारे जानकार छैनन् ।” नेपालमा हाम्रा लागि हिमालहरू प्रकृतिक सुन्दरता मात्र होइनन् । तिनीहरू हाम्रा परिचय हुन् , प्रतीक हुन् र हाम्रो छविका प्रवद्र्धक हुन् भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसैले तिनीहरू हाम्रो हृदयको नजिक छन् ।”

प्रधानमन्त्री ओलीले हिमाली संस्कृतिको चर्चा गर्दै भन्नुभयो, “ हिमाली संस्कृतिबारे जब हामी कुरा गर्छौंँ, हामीले सामान्य, इमानदार, कडा परिश्रम गर्ने र आतित्यपूर्ण जीवन पद्धति भन्ने बुझ्छाँैं ।”

दुर्भाग्यबस मानवका यी अमूल्य स्रोतहरू जलवायु परिवर्तनको बढ्दो क्रमसँगै गम्भीर चुनौतीको सामान गरी रहेका छन् । यसले महत्वपूर्ण प्रकृतिलाई मात्र असर गरी रहेको छैन, तल्लो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवनलाई नराम्रोसँग असर गरी रहेको छ ।

उहाँले नेपाल र फ्रान्स भूगोलका दृष्टिले धेरै टाढा भए पनि दुई देशबीच धेरे कुराहरू समान रहेको पनि बताउनुहुँदै हिमाल तथा हिमाली संस्कृति हाम्रो जीवनपद्धतिलाई निर्धारण गर्ने महत्वपूर्ण पक्ष हुन भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -