- ADVERTISEMENT -

पर्यावरणका विषयमा सगरमाथा संवाद गरिने :  प्रधानमन्त्री

June 15, 2019
797
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३२ जेठ २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको अन्त्यसम्ममा नेपालले एउटा विश्व मञ्चका रूपमा सगरमाथा सम्वाद (सगरमाथा डाएलग) आयोजना गर्न लागेको बताउनुभएको छ । उहाँ त्यस्तो बहस पहिलो चरणमै पर्यावरणका विषयमा केन्द्रत हुने जानकारी दिनुभएको छ ।

पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध फ्रान्सको सुन्दर सहर सामोनी मो ब्लाँमा शुक्रबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । त्यस सहरका मेयर मोरिस हर्जोकले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर संसारलाई सन्देश दिनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालजस्ता केही मुलुकले जलवायु परिवर्तनको भार बोक्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अत्यन्तै कम उत्र्सजन गर्छौं तर पर्यावरणीय प्रणाली बचाइराख्न धेरै योगदान गर्छौँ । यो नमिल्दो भएको छ, यसलाई सच्याइनुपर्छ । ”

“नेपालले १५ प्रतिशत भूभाग हिउँले ढाकेको छ । ४५ प्रतिशत भूभाग जङ्गलले डाकेको कुल ६० प्रतिशत हाम्रो भूभाग वातावरणका लागि समर्पित छ ।” उहाँले थप्नुभयो, “हाम्रो हिमाल र जङ्गलको ‘रिर्चाजिङ र कुलिङ’का माध्यमबाट पर्यावरणीय सन्तुलनमा पु¥याएको योगदान अतुलनीय छ । तर धेरै मानिस यसबारे जानकार छैनन् ।” नेपालमा हाम्रा लागि हिमालहरू प्रकृतिक सुन्दरता मात्र होइनन् । तिनीहरू हाम्रा परिचय हुन् , प्रतीक हुन् र हाम्रो छविका प्रवद्र्धक हुन् भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसैले तिनीहरू हाम्रो हृदयको नजिक छन् ।”

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री ओलीले हिमाली संस्कृतिको चर्चा गर्दै भन्नुभयो, “ हिमाली संस्कृतिबारे जब हामी कुरा गर्छौंँ, हामीले सामान्य, इमानदार, कडा परिश्रम गर्ने र आतित्यपूर्ण जीवन पद्धति भन्ने बुझ्छाँैं ।”

दुर्भाग्यबस मानवका यी अमूल्य स्रोतहरू जलवायु परिवर्तनको बढ्दो क्रमसँगै गम्भीर चुनौतीको सामान गरी रहेका छन् । यसले महत्वपूर्ण प्रकृतिलाई मात्र असर गरी रहेको छैन, तल्लो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवनलाई नराम्रोसँग असर गरी रहेको छ ।

उहाँले नेपाल र फ्रान्स भूगोलका दृष्टिले धेरै टाढा भए पनि दुई देशबीच धेरे कुराहरू समान रहेको पनि बताउनुहुँदै हिमाल तथा हिमाली संस्कृति हाम्रो जीवनपद्धतिलाई निर्धारण गर्ने महत्वपूर्ण पक्ष हुन भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -