२०८३ जेठ ३, आइतबार
६:०४:०५ बेलुका
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेतृत्व पहिलो पटक अफ्रिकामा

प्रकाशित मिति: २०७६ जेठ ३१, शुक्रबार

852
Shares

ट्युनिस, ३१ जेठ २०७६ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफ्जेको नेतृत्व पहिलो पटक अफ्रिका महादेशमा पुगेको छ । आइएफजेको ट्युनिसियाको राजधानी ट्युनिसमा भएको ३० औं अन्तर्राष्ट्रिय महासभाबाट पहिलो पटक अफ्रिकी महादेशबाट अध्यक्ष निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न निर्वाचनबाट मोरक्कोका पत्रकार युनेश एम जाहेद निर्वाचित भएका हुन् । अफ्रिदी महादेशमै पहिलो पटक भएको यो महासभामा जाहेदले आफ्ना क्यानेडियन प्रतिस्पर्धी मार्टिन ए हालोनलाई ८८ मतको अन्तरले पराजित गरे ।

३ सय १५ मध्ये उनले दुई सय मत ल्याएका हुन् । नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य तथा नेपाल प्रेस युनियनबाट अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी उक्त महासभामा सहभागी भएका छन् ।

महासभाबाट वरिष्ठ उपाध्यक्षमा पेरुकी जुलियाना लाइनेज विजयी भएकी छिन् । उपाध्यक्षद्धयमा भारतीय सबिना इन्द्रजित र रुसी टिमुर शफिर विजयी भएका छन् । बेलायती जिम बौमेल्हा कोषाध्यक्ष भएका छन् ।

जितपछि अध्यक्ष जाहेदले सबै पक्षलाई मिलाएर संस्थाको हकहितका लागि लडिरहने प्रतिवद्धता जनाएका छन् ।

कार्यसमिति सदस्यहरुको नतिजा भने शुक्रबार सार्वजनिक हुने युनियनका महासचिव शिवाकोटीले जनाएका छन् ।

नेपाली टोलीले नेपालबारे अवगत गराउँदै
यसैबीच नेपाली टोलीले नेपालमा भइरहेका विभिन्न पत्रकारिताका कुण्ठित कार्यहरुबारे शुक्रबार नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई भेटेर जानकारी गराउने भएको छ ।

पछिल्लो समय सरकारले मिडिया काउन्सिल विधेयकमार्फत नेपाली प्रेस जगत्लाई नियन्त्रण गर्ने नीति बनाएपछि पत्रकार महासंघ, प्रेस युनियन लगायत आन्दोलनमा छन् ।

त्यसैगरी मिडिया मिसन बोलाउन आग्रह गरिने समेत शिवाकोटीले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -