- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गुठी विधेयकविरुद्ध एक हुँदै नेवार समुदाय

June 14, 2019
1276
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ३१ जेठ २०७६ । गुठी विधेयक विरुद्धको आन्दोलन काठमाडौं उपत्यका मात्रै नभएर देशव्यापी रुपमा अघि बढेको छ । सरकारले विधेयक नसच्याए कठोर रुपमा प्रस्तुत हुने नेवार समुदायले सरकारलाई चेतावनी दिएको छ ।

विधेयकविरुद्ध काठमाडौं उपत्यका शुरु भएको आन्दोनल चर्किँदै जाँदा, जनकपुरका सन्तमहन्थहरु पनि आन्दोलनमा होमिन सुरु गरेको खबर प्राप्त भएको छ ।

- ADVERTISEMENT -

Advertisement

बिहीबार साँझपख ललितपुरको दरबार क्षेत्रमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै ज्यापु समाजका अध्यक्ष चन्द्रमान महर्जनले तत्काल विधेयक फिर्ता नगरे त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् । उनले सरकारले हचुवाको भरमा विधेयक ल्याएको भन्दै सरकारो आलोचना गरेका छन् । नेवार समुदाय अरिंगालको गोला भएको र त्यसमा सरकारले ढुंगा हानेको भन्दै अबको परिस्थिती राम्रो नहुने संकेत उनले दिएका छन् ।

उनकाअनुसार आन्दोलनमा सहभागी नेवार समुदायका विभिन्न जातजातिले ऐक्यबद्धता जनाउँदै नेवार समाज गठन गरी आन्दोलन थप शसक्त रुपमा अघि बढाउने योजना रहेको छ । यस्तै, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारले गुठीको सम्पत्ति हडप्ने प्रयासस्वरुप विधेयक ल्याइएकोले आफूहरुलाई मान्य नहुने बताए । ‘हामीसँग छलफल नगरी किन आयो विधेयक ?’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सरकार नसच्चिए त्यसको नतिजा राम्रो आउँदैन् ।’

- ADVERTISEMENT -

Advertisement

सरकारले आफुहरुको आन्दोलन मत्थर पार्न नेवार समुदायका अगुवा संर्घष समितिका केही सदस्यलाई खुसी बनाएपनि अन्यलाई मान्य नहुने उनिहरुको तर्क छ । नेवार समुदायको मात्र नभई देशभरीको संस्कृति मास्ने र गुठीयारको हक खोस्ने प्रयास सरकारले सुरु गरेको उनिहरुको भनाइ छ ।

रत्नाकर महाबिहारका करुण बज्राचार्यले देश चलाउन पठाएकाहरुले नै सिधै आफुहरुमाथि हमला गर्न सुरु गरेकोप्रति चिन्ता ब्यक्त गरे । गुठी, संस्कृति सम्पदा र भावनासंग जोडिएकोले अब विधेयक खारेज नभएसम्म आन्दोलन नरोकिने नेपाल उद्योग बाणिज्य महासंघ ललितपुरका पुर्व अध्यक्ष अजरमान जोशीले बताए ।

यसअघि विधेयक खारेजीको माग गर्दै माइतीघरमा आन्दोलन गर्दा सरकारले उनिहरुलाई लाठी चार्जदेखि पानीको फोहोरा हानेर लखेटेको थियो । तर यसलाई नेवार समुदायका अगुवाहरुले सरकारको कमजोरी र केटाकेटीपनको संज्ञा दिएका छन् ।
)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com