२०८३ जेठ ५, मंगलबार
३:०१:१० राति
- ADVERTISEMENT -

सार्वजनिक यातायातको भाडा बढाउन गरेको निर्णय एकदिन पनि नटिक्दै फिर्ता

प्रकाशित मिति: २०७६ जेठ ३१, शुक्रबार

1060
Shares

काठमाडौं, ३१ जेठ २०७६ । सरकारले गरेको सार्वजनिक यातायातको भाडा बढाउन गरेको निर्णय एकदिन पनि नटिक्दै फिर्ता गरिएको छ । यसको चौतर्फी आलोचना हुन थालेपछि बिहीबार दिउँसो गरिएको भाडादर बढाउने निर्णय बेलुका फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अर्न्तगतको यातायात व्यवस्था विभागले गरेका तीन वटा निर्णय फिर्ता भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयहरुमा थप अनुसन्धान गरी ठोस निष्कर्षमा पुग्‍नुपर्ने आवश्यक्ता महसुस भएकोले निर्णय फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।

यसअघि गरेका असार एक गतेबाट सार्वजनिक यातायातको भाडा बढाउने, रात्रिकालिन सवारी सञ्‍चालन गर्ने र मालवाहक सवारीलाई दिउँसो समय रोक लगाउने तीन वटा फिर्ता लिएको विज्ञप्तीमा जनाइएको छ ।

बढ्यो गाडी भाडा, असार एक गतेदेखि लागु हुने

यसअघि विभागको बैठकले सार्वजनिक यातायातमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । त्यस्तै मिटरमा चल्ने ट्याक्सीका हकमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरिएको थियो । विभागमा हालै बसेको ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलले यस्तो निर्णय गरेको विभागले जनाएको थियो ।

यस अघि सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीले माग गरेपछि विभागले ०७५ असोज ७ गते लामो दुरीको सार्वजनिक यातायातको १० प्रतिशत भाडा बढाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -