२०८३ जेठ ५, मंगलबार
४:१४:३१ बिहान
- ADVERTISEMENT -

विश्व रक्तदाता दिवस: दैनिक ५० युनिट रगत अभाव

प्रकाशित मिति: २०७६ जेठ ३१, शुक्रबार

793
Shares

काठमाडौँ, ३१ जेठ २०७६ । तपाईंले जीवनमा कति पटक रक्तदान गर्नुभएको छ? प्रेमसागर कर्माचार्यले भने जीवनमा १५८ पटक रगत दिइसक्नु भएको छ ।

स्वस्थ्य मानिसले छ/छ महिनामा रक्तदान गर्दा राम्रो हुन्छ । केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार भन्नुहुन्छ, ‘छ छ महिनामा रगत दिँदा केही फरक पर्दैन । अझ व्यक्ति स्वस्थ हुन्छ ।’ कर्माचार्य नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । रगतका लागि उहाँलाई दैनिक ३०÷३५ कलसम्म फोन आउने गर्दछ । यो फोन रगत अभाव भएरै आउने हो । दिउँसो मात्र होइन राती पनि कर्माचार्यलाई रगतको व्यवस्था मिलाइदिनुप¥यो भनेर फोन आउने गर्दछ ।

उहाँले १६ वर्षदेखि नै रक्तदान सुरु गर्नुभएको हो । हाल उहाँ ५५ वर्ष हुनुभयो । राजधानीमा भने माग अनुसार रक्तदाताको संख्या नबढेपछि बिरामीले सधै रगतको अभाव झेलिरहनुपरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक २५० युनिट रगतको आवश्यकता पर्छ । हाल केन्द्रमा दुईसय युनिट मात्र रगत सङ्कलन भइरहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक ५० युनिट रगत अभाव भइरहेको छ ।

निर्देशक डा. राजकर्णिकारले रक्तसञ्चार केन्द्रले माग अनुसारको रगतलाई पूर्ति गर्न नसकिएको जानकारी दिनुभयो । तथ्याङ्क अनुसार नेपालका ७७ जिल्लाबाट १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ । हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन हुने गरेको छ ।

डा.कर्णिकारका अनुसार मानिसको रगतमा हुने रक्तकणको आयु १२० दिनको हुन्छ । त्यसपछि ती रक्तकण आफँै मरेर जाने हुँदा तीन महिनाको फरकमा रक्तदान गर्दा नयाँ रक्तकोषिका बनेर मानव स्वास्थ्य अझ स्वस्थ हुन्छ । एक व्यक्तिको शरीरमा खेर जाने रगतले अर्को व्यक्तिलाई बचाउन सकिने हुँदा रक्तदान गर्न प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ छ । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि र हेमोग्लोबिन १२ ग्राम वा सोभन्दा माथि हुनुपर्दछ ।

निर्देशक डा. राजकर्णिकारका अनुसार एचआइभि, हेपाटाइटिस बि लगायतका रोगीहरूले रक्तदान गर्न मिल्दैन । यस्तै जन्डिस, मलेरिया, टाइफाइड, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मिर्गौलाको रोग, हेपाटाइटिसजस्ता रोगीले रक्तदान गर्न हँुदैन । उहाँले क्यान्सर र मुटुरोगका बिरामीलाई एकैपटक १५÷१६ युनिटसम्म रगत आवश्यक पर्ने हुनाले रगतको अभाव बढ्दै गएको हो । यस्ता बिरामीलाई अत्यधिक मात्रामा रगत चाहिने हुन्छ । क्यान्सरका बिरामीलाई लामो समयसम्म धेरै मात्रामा रगत दिनुपर्ने हुन्छ । मुटुरोगी, थालेसिमिया, सुत्केरी महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी लगायतलाई पनि धेरै रगत आवश्यक पर्दछ ।

अध्यक्ष कर्माचार्यले रक्तदानबारे विद्यालयको पाठ्यक्रममा नै समावेश गरिनुपर्ने बताउनुभयो । उहाँले व्यवस्थापकीय पक्षको कमजोरीको कारण जहिले पनि रगतको अभाव हुन पुगेको बताउनुभयो ।

यसैबीच शुक्रबार विश्व रक्तदाता दिवस मनाइँदैछ । सुरक्षित रगत सबैका लागि भन्ने नाराकासाथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो । मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा विरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन तथा सम्मान गर्न दिवस मनाउन थालिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -