- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सांसदलाई ल्यापटप होइन  विद्यार्थीलाई दिन तरुण दलको माग

June 13, 2019
676
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ३० जेठ २०७६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले विद्यार्थीहरुलाई निःशुल्क ल्यापटप दिनुपर्ने माग गरेको छन ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बिहीबार विज्ञप्ति जारी गरेर सांसदहरुलाई दिने भनिएका ल्यापटप विद्यार्थीलाई दिनुपर्ने माग गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उहाले जनप्रतिनिधिहरु जनताका समस्या समाधान गर्नुको साटो आफ्नो सुविधा बढाउनतर्फ लागेका भन्दै आपत्ति जनाएका छन् । ‘‘जनतालाई कानुनी राज्यको प्रत्याभूति गराउनु, जनताका समस्याको समाधान गर्न लाग्नुको साटो उल्टै आफनै सुविधा बढाउनमात्र लाग्नु जनप्रतिनिधिको गैरजिम्मेवार कार्य हो,’’ शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘यस्तो हर्कतको घोर भत्र्सना र विरोध गर्दै सांसदलाई दिने भनिएको ल्यापटप विद्यार्थीहरुलाइ हस्तान्तरण गर्न जोडदार माग गर्दछु ।’’

महासचिव शाहीले सरकारले सांसदहरुलाई निःशुल्क रुपमाल्यापटप दिने कार्य राज्यकोषको ब्रह्मलुटभएको पनि बताएका छन् । ‘‘जनताको दुःख र पसिनाबाट उठेको करबाट आफ्नो सेवा सुविधा बढाउनु, विभिन्न बहानामा राज्यको सम्पत्ति कुम्ल्याउन खोज्नु एकप्रकारको भ्रष्टाचार नै हो,’’उहाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com