२०८३ जेठ ३, आइतबार
६:०६:१७ बेलुका
- ADVERTISEMENT -

विपद् व्यवस्थापन तालिम उद्घाटन

प्रकाशित मिति: २०७६ जेठ ३०, बिहीबार

1012
Shares

काठमाडौं, ३० जेठ २०७६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा संचालनको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्यसअवसरमा विपद् व्यवस्थापन कार्य एकल प्रयासले मात्र सम्भव नहुने चर्चा गर्नुहुँदै यस्ता अन्तर्राष्ट्रियस्तरको तालिमले दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हाम्रो देश नेपाल विविध प्रकृतिका विपद् प्रकोपका हिसाबले अतिसंवेदनशील रहेको चर्चा गर्नुहुँदै संगठनले आजको समयमा विविध प्रकृतिका विपद् व्यवस्थापन सम्बन्धी तालिमहरु संचालन गर्दै पूर्व तयारीमा समेत ध्यान पु¥याई रहेको बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा प्रदर्शन गरेको कार्यको प्रशंसा गर्नुहुँदै भोलिका दिनमा हुनसक्ने विपद् जोखिम न्यूनिकरणका लागि गम्भिरतापूर्वक पूर्व तयारी गरिरहनु पर्ने उल्लेख गर्नुभयो ।

यस्ता तालिमले प्रशिक्षार्थीहरुको दक्षता अभिबृद्धि हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिताले एकआपसमा सहकार्य र समन्वयमा सहयोग पुग्नुका साथै नविनतम अभ्यास आदन प्रदानमा समेत मद्दत पुग्ने बताउनुभयो ।

सो कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई प्राप्त विपद् व्यवस्थापनको जिम्मेवारीलाई संगठनले महत्वका साथ लिई विगत लामो समयदेखि तालिम शिक्षालय स्थापना गरेर दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको चर्चा गर्नुहुँदै २०७२ सालको भूकम्पको बेला तथा अन्य विभिन्न विपद्को समयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले विपद् व्यवस्थापन आफैमा चुनौतीपूर्ण कार्य रहेको उल्लेख गर्नुहुँदै उक्त विषयलाई गम्भिरतापूर्वक लिएर संचालित यस्ता अन्तर्राष्ट्रियस्तरका तालिमले भोलिका दिनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सो तालिममा अफगानिस्तानका ४ जना, भुटानका ४ जना, माल्दिभ्सका ५ जना, श्रीलंकाका ५ जना र नेपालका ६ जना गरी कूल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

समारोहमा एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले तालिमका विविध पक्षबारे प्रकाश पार्नुहुँदै तालिमको दौरानमा विपद् व्यवस्थापनमा सम्बद्ध निकाय र अन्तर्राष्ट्रिय समूदायवीच समेत एकआपसमा ज्ञान तथा सीप आदान प्रदान हुने बताउनुभयो ।

समारोहमा सो शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई. किशोर प्रधानले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै सो शिक्षालयको विविध पक्षहरुबारे जानकारी गराउनु भएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -