२०८३ वैशाख २८, सोमबार
७:५४:०० बिहान
- ADVERTISEMENT -

भारतमा चक्रवात आँधीको त्रासका कारण तीन लाख मानिसलाई सारियो

प्रकाशित मिति: २०७६ जेठ ३०, बिहीबार

848
Shares

नयाँ दिल्ली, ३० जेठ २०७६ । भारतको गुजरात राज्यमा चक्रवात ‘वायु’ को त्रासदी देखिएको छ ।

बीबीसीका अनुसार सो वायुको सम्भावित असरलाई लिएर आवश्यक सतर्कता अपनाइएको भारतीय अधिकारीहरुले बताएका छन् । सो चक्रवात १६० किमी प्रतिघण्टाको दरले आउने, तटीय इलाकामा ३ लाख मानिसलाई सुरक्षित स्थानमा लगिएको, पर्यटकलाई पनि सुरक्षित स्थानमा लगिएको, ५० भन्दा बढी रेलको यातायात रद्ध गरिएको, ५ वटा विमानस्थललाई २४ घण्टाका लागि बन्द गरिएको, गुजरातका १० वटा जिल्लामा आज र भोलि विद्यालय तथा कलेज बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।

अहिले गुजरातको पोरबन्दर र जामनगर जस्ता शहरका कतिपय इलाकामा वर्षा र तीब्र गतिको हावा देखिएको बीबीसीले जनाएको  छ । भारतीय मौसम विभागले कतिपय स्थानमा पहिरो समेत जान सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

भारतका गृहमन्त्री अमित शाहले ट्विट गर्दै चक्रवातबाट जोगाउन गुजरातबाट ३ लाख र दीवबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएका छन् । यो चक्रवात अरब सागरबाट उठेर आउने भारतको मौसम विभागले जनाएको छ । यो चक्रवातलाई उसले गम्भीर श्रेणीको भएको जनाएको छ ।

उक्त  चक्रवात १६० प्रति घण्टाका गतिले आउने जनाइएको छ । गएको महिना उडिसामा आएको तुफान फानी २२० प्रति घण्टाको गतिमा आएको थियो ।  आजको वायुको असर भारतको अर्को मुख्य शहर मुम्बईमा पनि हुने अनुमान भारतको मौसम विभागले गरेको छ ।

भारतमा आउने सो चक्रवातले जलवाष्प नेपाल सम्मपनि आउन सक्ने भएकोले नेपालमा दिउँसो वर्षा हुन सक्ने नेपालका मौसमविद्हरुले बताएका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -